कैलाश गाउँपालिकामा  स्तरीय अन्तरवडा फुटवल प्रतियोगिता हुने भएको छ ।
यस गाउँपालिकाको आर्थिक वर्ष २०७८र०७९ को योजना तथा कार्यक्रम अनुसार प्रतयोगिता हुन गइरहेको गाउँपालिकाले जनाएको छ ।
एक सुचना जारी गदैृ   विवरण सहित जानकारी गराइएको हो ।

 

१. प्रतियोगिताको उद्घाटन मिति २०७९ ०१ ०२ गते दिउँसो १ः ०० बजे र समापन मिति ०५ गते अप्रान्ह४ः ०० बजे ।
२. प्रतियोगिता गाउँपालिकाको वडा नं. ७ स्थित कोथलिटार खेल मैदान। खेल नकआउटको आधारमा खेलाईने छ ।

३. एक टिममा १५ खेलाडी १ व्यवस्थापक १ प्रशिक्षक र २ अफिसियल गरि २० जना सदस्य रहनेछ । टिममा सहभागी सदस्यलाई खेल तालिकाको आधारमा खाना र बस्नको व्यवस्था गरिनेछ ।
४. खेलाडीहरुलाई आवश्यक जर्सी गाउँपालिकाबाट प्रदान गरिनेछ । त्यस बाहेक युट, मोजा, सिमप्याड लगाएत अन्य
आवश्यक सामाग्री टिम आफैले व्यवस्था गर्नु पर्नेछ ।
५. सहभागी खेलाडीहरु सम्बन्धीत स्थायी बासिन्दा हुनुपर्नेछ । सो पहिचानको लागि खेलाडीले आफ्नो परिचय
खुल्ने नेपाली नागरिकताको प्रतिलिपि, जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि, बसाईसरि आएको भए बसाई सराई दर्ता
प्रमाण पत्रको प्रतिलिपि वा सम्बन्धित बढाको स्थायी निवासी रहेको व्यहोरा खुल्ने प्रमाण पेश गर्नु पर्नेछ ।
६. प्रतियोगितामा सहभागि भई विजेता टिमलाई नगद रु ६०हजार
उप विजेतालाई ४०हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । पुरस्कार स्वरुप प्रदान गरिएको रकममा सरकारी नियमानुसार कर कटह गरि प्रदान गरिने छ भने प्रतियोगिता भरिको उत्कृष्ट खेलाडि,गोल कन्स मिडफिल्ड,फरवाढ र हाइस्कोरर लाई समेत पुरस्कारको व्यवस्था गरिनेछ । यस प्रतियोगिताबाट स्तरीय टिमको लागि खेलाडिहरु समेत छनौट गरिनेछ ।

७.सहभगिताको लागि प्रत्येक टिमसे सम्बन्धित बडाको सिफरिस पव र टिमको सदस्यहरुको परिचय खुले प्रमाण
प्रबको प्रमाणित प्रतिलिपि सहित मिति २०७८ १२ ३० गते १ बजे सम्ममा गाउँ पालिकामा दर्ता गराउनु पर्नेछ ।
खेल तालिका टाईसिट मिति २०७८ १२ ३० गते दिउँसो ४ बजे सार्वजानिक गरिनेछ ।
थप जानाकारीको लागी ९८५५०६९९८३, ९८४५१०५७२७