बागमती प्रदेश सामाजिक विकास मन्त्रि कुमारी मोक्तनले नेपाली साँकेतिक दोभाषे भाष प्रति मन्त्रालय सधै सकारात्मक रहेको बताएकी छन् ।

राष्ट्रिय बहिरा महासंघ नेपाल बागमती प्रदेशको आयोजना सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा बागमती प्रदेश स्तरीय दुई महिने सांकेतिक भाषा २ महिने दोभाषे तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

 

उनले यस भाष वृद्धिकालागि मन्त्रालयको सहयोगमा कुनै कमी नरहने र भाष तालिमका लागि लाग्ने लागत समय र प्रक्रिया सहित आएमा सक्ने सहयोगकालागि मन्त्रालय तत्पर रहेको मन्त्रि मोक्तानले बताएकी हुन् ।

उनले भनिन “तँपाइहरुले हामीलाई हेला गर्यो वास्ता गरेनन्  भनेर नसोच्नु। । हामीबाट त्यो भएको छैन् । हामीले तपाइहरुकालागि के गर्न सकिन्छ त्यसकालागि म सधै तत्पर छु ।”

दुई महिने सांकेतिक भाषा २ महिने दोभाषे तालिम शुक्रबार सम्पन्न  कार्यक्रममा महासंघ बागमती प्रदेश अध्यक्ष विष्णु कुमारी पौडेलले साँकेतिक भाषामै भाष अति आवाश्यक रहेको र महासंघका लागि आर्थिक सहयोग गरे साथ दिने बागमती प्रदेशको सामाजिक विकास मन्त्रि कुमारी मोक्तान, प्रशिक्षहरु,ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको अध्यक्ष सहितको टोली कै कारण ले  दिन सकिएको बताइन् । सथै उनले सबैमा धन्यवाद व्यक्त गरिन् ।

ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको भवनमा आयोजना गरिएको भाषा तालिममा बागमती प्रदेश भरिका २५ जनाको सहभागीता रहेको थियो ।

समाजमा बोल्न र सुन्न नसकेर मात्र होईन बोल्न सकेर पनि बहिरो हुने सम्भावान  भएकाले सांकेतिक भाष अति महत्वपुण रहेको र सिक्ने मौका पाएकोमा प्रशिक्षार्थीहले खुसी व्यक्त गरेका थिए ।

उनिहरुले यो शिक्षाको लागि २ महिना समय कम भएकाले आगामी दिनमा अलिक समय थप गर्नु पर्ने बताएका थिए ।

महासंघ बागमती प्रदेश अध्यक्ष विष्णु कुमारी पौडेलको सभाध्यक्षता बागमती प्रदेश सामाजिक विकास मन्त्रि कुमारी मोक्तनको प्रमुख आतिथ्यता र ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको अ उर्मिला कार्कीको विशिष्ट अतिथ्यतामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका सदस्य कृष्ण गजुरेल, जि.एस. एन.डि.एफ.एनका सनेष केसी,अपाङ्ग सरोकार केन्द्रका अध्यक्ष ठाकुर राम थापा प्रशिक्षकहरु प्रशिक्षार्थी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

तालिम अवधी भर प्रशिक्षार्थीहरुलाई ४ जना सांकेतिक भाषा दोभाषे प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए भनेप्रशिक्षक समेत रहेकी सीता पौडेलले सहजीकरण पनि गरेकी थिइन् ।