काठमाडौं, वसन्तपुर दरबार परिसरको आँगनमा न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी सोनालीकुमारी सिंह निहारिका राजपुतले अनशन तोडेकी छन् ।
महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि बिहीबार उनले अनशन तोडेकी हुन् ।
न्याय माग्दै निहारीका राजपुत सडकदेखि अनसन सम्म पाँचवटा माग राखेर अनशन सुरु गरेकी हुन् ।
१ : २१ महिने बच्चाको डी.एन.ए. जाँच हुनुपर्ने ।
२ : ४ महिनाअगाडि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको छिटो सुनुवाइ हुनुपर्ने ।
३ : आफूलाई बलात्कार गर्ने पुरुषलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने ।
४ :आफ्नो मुद्दा कमजोर बनाउने वकिल, न्यायाधीश र फितलो अनुसन्धान गर्ने प्रहरीलाई कारबाही हुनुपर्ने ।
५ : बच्चाको पालनपोषण, स्वास्थ्योपचार, शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने ।
यसैगरि कानुनतः १७ वर्षको नाबालिग उमेरमा आफू १७ वर्षको उमेरमै बलात्कृत भएको र बारम्बार बलात्कारको सिकार भएको
बताइरहेकी छन् ।
कानुनतः १७ वर्षको नाबालिग उमेरमा आफू १७ वर्षको उमेरमै बलात्कृत भएको र बारम्बार बलात्कार भएकै कारण गर्भ रहेको दाबी गर्दै आएकी हुन् ।
निहारिकाले न्याएको मागर्दै आमरण अनशनमा रहेकी निहारिकाको स्वास्थ्य अवस्था नाजुक ह्ँदै आएपछि राजनितिज्ञ व्यक्तीत्व, सरोकारवालाहरु, कानुन विज्ञ देखि अधिकारकर्मीहरु समेत निहारिकाको मागका सम्वन्धमा जानकारी लिन पुगेका थिए ।
अनसन बसिरहेकी निहारिकाको चौथौ दिनमा स्वास्थ्य अवस्था नाजुक समेत भयो भने उपचारका लागि वीर अस्पताल लगियो ।
उनलाई साथ दिँदै अनसनमा रहेकी अधिकारकर्मी जस्मिन ओझालाई पनि उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्ष पुर्याइएको थियो।
आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै निहारिका अनिश्चितकालीन अनसन बसेकी थिइन् ।
महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि बिहीबार उनले अनशन तोडेकी हुन् ।
पातलो टेन्टको छहारीमा टन्टलापुर घामको तातो वर्षको पानीको डर बिना काखमा २१ महिने दुधे बालक च्यापेर न्यायको याचना गर्दै अनशन बसेकी थिइन भने उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सबैको चासो बन्यो ।
वसन्तपुर दरबार परिसरको आँगनमा उनी न्याय माग्दै अनशन बस्दा स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सोनालीलाई ‘सलाइन पानी’ दिन पनि सुरु गरिएको थियो तर, आफ्ना माग पूरा नहुँदासम्म अनशन नत्याग्ने अडान लिइरहिन् ।
२०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले आरोपी शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन्।
चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकिदिएको भन्दै राजपूतले अनसन सुरु गरिन् ।
‘उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी नतोकिए र म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो भन्दै न्यायालयले मृत्यु चाहेको उनको भनाई छ ।
आफू र काखमा रहेको बच्चालाई मतलबै नगरी अपराधीको पक्षमा अदालतले गरेको फैसलामाथि छानबिन हुनुपर्ने माग उनको छ ।
उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो’, ‘मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान देखि माग राखेकी हुन् ।
जबसम्म मागहरू पूरा हुँदैनन्, तबसम्म आफूले न्ययको लागि लडिरहने अठोट गरिन् ।
प्रहरी प्रशासनले घटनाको सुरुवातदेखि नै मुद्दालाई कमजोर पारिदिएको र आफूले न्यायको प्रत्याभूति नगरेसम्म अनसन निरन्तर जारी राख्ने अटोठ गरिरहिन्।
उनले यस कारण सुरु गरिन् लडाई
निहारिकाले जनकपुरधाममा २०७८ भाद्र २२ मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै न्याय प्रकरणमा ढिलासुस्ती भएको जानकारी गराइन् ।
न्यायमा अन्योल नगर्न आग्रह गर्दै डिएनए टेष्ट कलिलो उमेरमै आफुलाई ललाई फकाई करणी गरेर कुमारी आमा बनाई फरार अभियुक्त शिवराज श्रेष्ठलाई सजाय हुनु पर्ने माग गरिन् जिल्ला अदालत धनुषामा बकपत्र भएको तर, आरोपित श्रेष्ठको बकपत्र तीन पटक सम्मको मितिमा नहुनुले अदालतले अल्झाउने काम गरेको आशंका भएको पत्रकार सम्मेलनमा बताएकी थिईन् ।
सो सम्बन्धि थप जानकारी वकिल मार्फत लिन खोज्दा जवाफमा आश्वासन मात्रै पाएको र आफ्नो पक्षमा बहस गर्ने सरकारी वकिल रिंकुकुमारी यादव भने ढिलो चाँडो पीडिताले न्याय पाउने र आरोपित श्रेष्ठले सजाय पाउने बताएकाले केही आसा लागेको बताएकी थिएन् ।
जनकपुरधामका नै केही महिला अधिकारकर्मीहरु सहित केहिले र प्रहरी प्रशासन समेतले गर्भमा बच्चा रहेको समयमा फाल्न र अनेकौ यातना दिएको उल्लेख समेत गरिन् ।
आरोपित श्रेष्ठले धनुषामा पसल सञ्चान गर्दै आएको र प्रहरीसंग राम्रै पहुँच रहेकोले कसैले केही गर्न नसक्ने भनेर निरन्तर परिवमर सहित मिलेर धम्की दिदै आएको समेत पीडिताले बताईन ।
२०७६ सालमा १६ वर्षकै उमेरमा ललाई फकाई बिबाह गर्छु भन्दै करणी गरि गर्भवती भएर २०७७ पुषमा पेटमा बच्चा सहित जिल्ला प्रहरीमा उजुरी दिएको प्रष्ट पारेकी थिइन् ।
यस अघि अभियुक्त श्रेष्ठ फरार थिए भने एक वर्ष १५ दिनको छोरा सहित निहारिका न्यायलय धाएकी हुन् ।
बलात्कार अभियोग लागेर का झण्डै सात महिनाअघि प्रहरीमार्फत अदालतमा हाजिर भएका श्रेष्ठलाई सुरुमा अदालतले थुनामा पठाए पनि बलात्कारको आरोपीलाई न्यायाधीश परशुराम भट्टराईको इजलासले २०७८ माघ २४ गते सोमबार सफाइ दियो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठलाई न्यायलयले सफाइ दिएको भन्दै जिल्ला अदालत धनुषाअगाडि काखे बालक लिएरै प्रदर्शन गरिन् ।
श्रेष्ठको बलात्कारबाट आफू गर्भवती भएको भन्दै उनले उजुरी दिएकी थिइन् ।
श्रेष्ठलाई सफाइ दिएको विरोधमा निहारिकाले अब पनि न्याय दिने कि नदिने रु अपराधीलाई कारबाही गर,सफाइ दिनेमाथि कारबाही गर, मेरो बच्चालाई न्याय चाहियो जस्ता नारा लगाएकी थिइन् ।
महिला अधिकारकर्मीहरु सहित प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले अदालतले पीडकलाई संरक्षण दिएर पीडितलाई झन कमजा्पर बनाईएको र न्याय नभएको देशको अनरभुत भएको बताएका थिए ।
निहारिकाले आफ्नो बच्चाको काठमाडौंमा उपचार गराइरहेकी थिइन् । सरकारी वकीलले सोमबारको पेशी सारिदिने भन्दै आउनुपर्दैन भनेपछि उनी आएकी थिइनन् । माघ २४ गतेको पेशी सरेन र श्रेष्ठले सफाई पाएको भन्दै निहारिका छोरा लिएर जनकपुरधाम आएकी थिइन् । श्रेष्ठले पैसा लिएर गर्भ फाल भनेको टेलिफोन रेकर्डसहित सबै प्रमाण अदालतमा दिएपनि न्याय नपाएको उल्लेख गरेकी थिईन् ।
आरोपीलाई सफाइ दिएपछि उच्च अदालतमा मुद्दा लडिरहेकी रआफ्नो बच्चाको डीएनए परीक्षण गर्नुपर्ने उनको माग गरिरहिन् ।
एक पुरुषले बलात्कार गरेर गर्भ बसेका कारण धेरैले गर्भपतन गर्न दिएको दबाब नकार्दै अविवाहित अवस्थामै बच्चा जन्माएकी थिइन् । निरन्तर कानूनी लडाइँ लड्दै साढे दुई वर्षदेखि न्याय चाहियो भन्दै भौँतारिएकी धनुषाकी निहारिका एकल जिम्मेवारीमा बच्चा हुर्काइरहेकी छन् । राजपूतको काखमा अहिले दुधे बच्चा छ ।
धेरै संघ–संस्थाहरू चहारेर सहयोगको पुकारा गरे पनि कसैले नसुनेपनि काठमाडौंमा कोठा भाडामा लिएर बसिन् ।
माइतीबाट समेत साथनपाएपनि बच्चाजन्मिएपछि परिवारले घरबाट निकालेको र अहिलेसम्म पनि घरमा प्रवेश नपाएको र न्यायलयबाट पनि न्याय नपाएको उनको गुनासो छ ।
निहारिकाले ‘पीडित’ भनेर आफू र बच्चाको तस्बिर ब्लर गराएर लुक्न चाहन्नन् भने ‘अनुहार त अपराधीले लुकाउनुपर्ने भएको भन्दै आइरहेकी छन् ।
हामीले किन लुकाउने अनुहार भन्दै उनले वास्तविक नाम र तस्बिरसहित आफ्नो कथा बाहिर सार्वजनिक गर्नलाई आग्रहनै गरिन् ।
न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनरत निहारिकाले सरकारकारबीच पाँचबुँदे सहमति भएपछि अनसन टोडिकी हुन् ।
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर असार ३ गते निहारिकाले अनशन तोडेकी हुन् ।
निहारिकाको छोराको डी।एन।ए। परीक्षणको कानुनी प्रक्रिया अघि बढाउने, देखि बिभिन्न कार्यकालागि प्रक्रिया अघि सारिने भएपछि अनसन टोडेकी हुन् ।
अनशनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि पहल, गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्ने लगायत सहमति भएको हो।
सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिका लगायतले हस्ताक्षर पनि गरेका छन् ।
।।।।।।।।।।।।।।।।।।।।।।

अति भएपछि सडकमा आएँ, मर्छु तर ……….














प्रतिक्रिया दिनुहोस्