हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले कुखुरा व्यवसायी र गाडी व्यवसायी सधै मारमा परेको बताएका छन् ।
मकवानपुर कुखुरा व्यवसायी संघको १५ औं वार्षिक साधारणसभामा बोल्दै बानियाँले यस्तो बताएका हुन् ।
उनले काम गर्नका लागि पुँजी नभएका वर्गलाई लक्षित गर्दै सरकारले दिएको अनुदान लिन कागजमा कृषक बनेर अुदानको गलत प्रयोग भएको बताए ।
सरकारले किसानलाई दिँदै आएको अनुदान लिन कृषक बन्ने र ऋण लिने केही कुखुरा राख्ने अनि सरकारको अनुदान जग्गा जमिनको कारोवारमा केन्द्रीत रहने र अन्यकाम गर्ने भएकाले कुखुरा पालक किसान धरासाही अवस्थामा रहेको बताएका हुन् ।
उनले यो प्रवृति नहटेसम्म तल्लो तहमा रहेर काम गर्ने किसान कहिलेपनि उभो नलाग्ने दाबी गर्दै भने “कागज प्रक्रियाले कृषक बन्यो ऋण लियो । केही कुखुरा देखायो अनि अनुदान लियो अनि त अर्कै व्यसायी बन्नु भएको हुन्छ । त्यसले गर्दा बास्तविक कुखुरा व्यवसायीको खोरमा कुखुरा हुनै छाड्यो । उहालाई सम्बोधन कुखुरे साहुको नामले परिचित तर कुखुरा नै हुदैन । अब हामी कागजमा मात्र होइन् स्थलगत परिक्षण गरेरमात्रै अनुदानका कुरा अघि सार्छौं । कृषकहरुका लागि र संघका लागि स्थानिय सरकारको तर्फबाट गर्न सक्ने सहयोगका लागि तयार छौं ।”
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजु अधिकारीले किसानको व्यवसायी हितका लागि अण्डा र दूधको प्रयोगलाई बढाएर सहयोग गर्न आग्रह गर्दै उपमेयर समक्ष किसानकोहितका लागि प्रविधी र प्राविधिक रहेको एम्बुलेन्स सञ्चालन हुनु पर्ने माग गरे।
पोल्ट्री क्षेत्रको विकासका लागि खुला सीमाबाट आउने कुखुरा, अण्डा तथा चल्ला रोक्नु पर्ने व्यवसायी दर्ता प्रक्रिया सहज र सुलभ हुनुपर्ने लगायतका मागहरु राखिएको थियो ।
संघका अध्यक्ष गोकुलनाथ अधिकारीको सभाध्यक्षता उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्तामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा चितवन नवलपुर दाना तथा अण्डा वितरक संघका अध्यक्ष तेज नारायण पाण्डे, नेपाल दाना उद्योग संघका केन्द्रीय सदस्य विनोद पोखरेल, नेपाल अण्डा उत्पादन संघका उपाध्यक्ष किरण भूषण ओली लगायतको आतिथ्यता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्