मकवानपुरको मनहरी गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता गर्न अनुरोध गरेको छ ।
२०७९ साल बैशाख १ गते देखि ७ गते सम्म देशैभरिका स्थानीय तहबाट ब्यक्तिगत घटना दर्ता सप्ताह अन्तरगर्त सूचना राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग तथा मनहरी गाउँपालिकाले सुचना जारी गरेको हो ।
सूचना राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग तथा मनहरी गाउँपालिकाको ब्यक्तिगत
घटना दर्ता सप्ताहमा जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध बिच्छेद लगायतका ब्यक्तिगत घटना वडा कार्यालयमा गराउन अनुरोध गरेको हो ।
२०७९ बैशाख १ दखि ७ गते सम्म घटना दर्ता सप्ताह मनाऔं भन्दै प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठद्धारा हस्ताक्षर गरिएको सुचना जारी गरिएको हो ।























प्रतिक्रिया दिनुहोस्