मकवानपुरगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी पाख्रिनले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार पदभार ग्रहण गरे संगैगाउँपालीकाको समृद्धिको यात्रा आफ्नो प्रमुख लक्ष्य रहने बताएका छन् ।

आफुले व्यक्त गरेका कुरा र बोलेका र प्रतिवद्धतालाई कार्यान्यवन गरिने बताए। आफुहरु शासक नभई सेवक बनेर काम गर्ने बताएका हुन् ।
सबैको साझा बनेर काम गर्ने बताउदै अध्यक्ष स्याङ्तानले खरको छानो मुक्त बनाउन जस्तापाता, आर्थिक पक्ष कमजोर भएको व्यक्तिलाई सहयोग गर्ने पहिलो निर्णय समेत गरे।
उपाध्यक्ष पाख्रिनले जनताको विश्वास र अपेक्षालाई ५ वर्ष भित्रमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष विदुर हुमागाईले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई शुभकामना दिदै विकास र समृद्धिको आधार तयार गर्न सर्मथन रहने बताए ।
,निवर्तमान वडाअध्यक्ष टिका प्रसाद दहाल, रामप्रसाद तिमल्सीना ,जीत बहादुर घिमिरेलगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।