नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बतौला पुन: निर्वाचित भएका छन् ।

बुधबार हेटौंडामा सम्पन्न अडानको छैठौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

संस्थाको उपाध्यक्षमा द्वारिका रिजाल, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा लवप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा गोकुलप्रसाद रुवाली तथा कार्यसमिति सदस्यहरुमा मणिप्रसाद सुवेदी, तेजप्रसाद आचार्य, भेषराज कोइराला, मोहनप्रसाद पौडेल, निरन्जन पराजुली र इन्द्रमणि गैरे चयन भएका छन् ।

नेपाल अडिटर्स एसोसिएसन (अडान)का केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष केदार प्रसाद पौडेल, केन्द्रिय सचिव राजेन्द्रप्रसाद ढुंगाना, केन्द्रिय सदस्य प्रकाश ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अडान बागमती प्रदेश उपाध्यक्ष देवीप्रसाद डल्लाकोटीले स्वागत मन्तव्य गरेको कार्यक्रम संचालक द्वारिका रिजालले बताए ।