Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क

सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेशविन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेट परीक्षणको लागि तथा सङ्क्रमितहरू सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् । विसं २०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले आठवटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गैरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा निर्माण भएका छन् । कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले रु २७ करोड ६७ लाखको लागतमा होल्डिङ सेन्टर निर्माण गरेको हो । निर्माण पूरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । निर्माणको काम सम्पन्न भएको छ महिना बिते पनि सञ्चालन नहुँदा सीमानाका नजिकै एक छाप्रोमा स्वास्थ्य जाँच भइरहेको छ । कृष्णनगरमा छाप्रो नजिकै ६०० शय्याको होल्डिङ सेन्टर छ भने सीमादेखि एक किलोमिटरको दूरीमा शिवानगरमा ४०० शय्याको होल्डिङ सेन्टर छ । होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्रले परिपत्र नगरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । “सिसीएमसीसीको निर्णयानुसार सञ्चालन हुनेछ, अहिलेसम्म कुनै जानकारी छैन”, उहाँले भन्नुभयो, “स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना छ, हस्तान्तरणको काम पनि भएको छैन ।” पछिल्लो समय कोरोना सङ्क्रमण वढिरहेकाले होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्र तथा प्रदेशले स्थानीय तहलाई स्रोत, साधन उपलब्ध गराउनुपर्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । “होल्डिङ सेन्टर अतिआवश्यक छ, तर सञ्चालन गर्न स्थानीय तहलाई समस्या छ, केन्द्र र प्रदेशले यस विषयमा गम्भीर हुन आवश्यक छ”, उहाँले भन्नुभयो । कृष्णनगरले एक छाप्रो निर्माण गरी भारतबाट नेपाल आउनेहरूको स्वास्थ्य जाँच गरिरहेको छ । कोरोनाको पोजेटिभ रिपोर्ट आउनेलाई पनि सिधैँ घर पठाउन स्वास्थ्यकर्मी बाध्य छन् । केही समय कोरोना महामारी कम भए पनि पुनः सङ्क्रमित बढ्न थालेपछि सीमानाकामा कडाइका साथ जाँच सुरु गरिएको छ । अहिले दैनिक ५० देखि १०० नेपालीहरूको जाँच हुने गरेको स्वास्थ्यकर्मी पङ्कज गुप्ताको भनाइ छ । “टेन्टले बेरिएको छाप्रोमा बसेर जाँच गरेका छौँ, सुरक्षाका दृष्टिकोणले अति संवेदनशील छ”, उहाँले भन्नुभयो, “भारतबाट आउनेको भीडभाड र जाँचका लागि क्षेत्र काम हुँदा असहज छ ।” पछिल्लो केही दिनदेखि दैनिक सङ्क्रमित देखिन थालेको उहाँले बताउनुभयो । “नजिकै रहेको होल्डिङ सेन्टर खाली छ, हामी यहाँ असहज हुँदाहुँदै पनि काम गरिरहेका छौँ”, स्वास्थ्यकर्मी गुप्ताले भन्नुभयो, “होल्डिङ सेन्टर सञ्चालन भएर सङ्क्रमितलाई पनि सुरक्षित साथ राख्न सकिन्थ्यो ।” भारतबाट नेपाल आउनेमध्ये गत जेठमा ११, असारमा ४७ र साउनको पाँच दिनमै २० सङ्क्रमित फेला परेका छन् । यसरी हेर्दा साउनमा सङ्क्रमितको सङ्ख्या उच्च हुने अनुमान छ । ५८ जनालाई निःशुल्क चश्मा वितरण कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ५८ कर्मचारी तथा जनप्रतिनिधिलाई निःशुल्क चश्मा वितरण गरिएको छ । हेल्पिङ ह्याण्डस हेल्थ एण्ड एजुकेशन इन्टरनेशनलको आर्थिक सहयोगमा नजिकको दूरीको लागि उपयोगी हुने चश्मा वितरण गरिएको हो । नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा ४० वर्षमाथिका जनप्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारीलाई चश्मा वितरण गरिएको अस्पतालका निर्देशक डा सुलक्ष्मी कटुवालले जानकारी दिनुभयो प्रशासकीय अधिकृत जसराज विश्वकर्माले आगामी दिनमा चश्मा वितरण जारी रहने जानकारी दिनुभयो । बुद्धभूमि नगर प्रमुख केशवकुमार श्रेष्ठले आँखा अस्पताल, बहादुरगञ्जले आँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभयो । अस्पताल र नगरपालिकाबीच सम्झौता गरेर यसअघि सञ्चालन हुँदै आइरहेको साप्ताहिक आँखा उपचार क्लिनिकलाई पनि निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । अन्धोपन न्यूनीकरणका लागि आँखा अस्पताल र बुद्धभूमि नगर पालिकाबीचको समन्वय र सहकार्य विगतका वर्षदेखि नै हुँदै आएको र साप्ताहिक आँखा उपचार क्लिनिकका माध्यमबाट नगरवासीले आफ्नो घरदैलोमै आँखा स्वास्थ्य सेवा पाइरहेको अस्पतालका निर्देशक डा कटुवालले बताउनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology