Rato Samachar
Thu, 7 May, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

हेलम्बुका युवा

  • ट्राउट माछा व्यवसायमा फर्किन थालेसिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए । उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु चार करोड लगानी गरेका थिए । मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै थियो । गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पु¥याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो । उनीहरु व्यवसायबाट विस्थापित जस्तै भएका थिए । सरकारले बेवास्ता गरेपनि युवाहरु ऋण लिएरै भए पनि पुनः व्यवसायमा फर्किन थालेका छन् । मेलम्ची बाढीका कारण पूर्णरूपमा विस्थापित भएका हेलम्बुका ट्राउट व्यवसायी जीविकोपार्जनकै लागि अहिले यही पेसामा फर्किन थालेका छन् । भौतिक संरचनासहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा आठ फार्मका रु दुई अर्बभन्दा बढीको लगानी डुबेपछि व्यवसायी अहिले पनि ऋणमा छन् तर जीविकोपार्जनको लागि आफ्नो पुरानो सीप र ज्ञानको प्रयोग गर्दै ऋण गरेरै व्यवसायमा फर्किन थालेको व्यवसायी कुलबहादुर खड्काले जानकारी दिनुभयो । अहिले हेलम्बुको तिम्बुसहितका चार स्थानमा ट्राउट माछा फार्म बनिरहेका छन् । अनुकूलताअनुसार जग्गा व्यवस्थापनसहित भौतिक संरचना निर्माण चलिरहेको छ । केही फार्ममा भर्खर भुरा माछा हालिएको छ । ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा पुनः ठूलो हिम्मत जुटाएर जीविकोपार्जनकै लागि व्यवसायमा फर्किएकाले आफूहरुलाई सरकारले उचित सहयोग गर्नुपर्ने हेलम्बुका व्यवसायी युवराज खड्काले माग गर्नुभयो । मेलम्ची नदी तटीय क्षेत्रमा सञ्चालित ट्राउट फार्म तथा रिसोर्टबाट रोजगारी पाइरहेका ९० भन्दा बढी युवा बाढीकै कारण विदेश पलायन भएका छन् । करोडौँ ऋणमा डुबेका व्यवसायीलाई सरकारले उचित सहयोग गर्नुपर्ने र यसको लागि निरन्तर पहल भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकासहित नुवाकोटसम्म निर्यात हुने ट्राउट माछा खानकै लागि बाक्लो मात्रामा पर्यटक हेलम्बु आइपुग्ने गरेका थिए । मेलम्ची खोलाको पहिचान बनेको ट्राउट माछा फार्मले पुन हेलम्बुमा पर्यटन प्रवद्र्धन गराउनसमेत ठूलो मद्दत पुग्ने आशा गरिएको छ । यसको लागि सरकारले पनि व्यवसायीलाई उचित सहयोग गर्नुपर्ने यहाँको स्थानीयको बुझाइ छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बागमती युथ क्लब बागमती गोल्डकपको उपाधि नजिक

ललितपूरको फ्रेण्डस क्लब बागमती गोल्डकपको सेमीफाइनलमा

बागमती गोल्डकप, साविक विजेता चर्च ब्वाइजलाई स्तब्ध पार्दै सर्लाही सेमीफाइनलमा

बागमती गोल्डकप फुटबलमा चित्लाङ एफसीको विजयी शुरूवात

आठौं संस्करणको बागमती गोल्डकप सुरु, बागमती युथ क्लबको सुखद् सुरुवात

इन्द्रसरोबरमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम

मकवानपुर जिल्लामा पनि घण्टीको सुनामी

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बागमती युथ क्लब बागमती गोल्डकपको उपाधि नजिक

नेपाली फिल्म “लालीबजार” प्रर्दशनको बाटो खुलेपछि …..

एरोन थापाको निर्णायक गोलमा चित्लाङ एफसी सेमीफाइनलमा

बुटवलमा उपमेयरकप महिला फुटबल प्रतियोगिता हुँदै, हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

ललितपूरको फ्रेण्डस क्लब बागमती गोल्डकपको सेमीफाइनलमा

बागमती गोल्डकप, साविक विजेता चर्च ब्वाइजलाई स्तब्ध पार्दै सर्लाही सेमीफाइनलमा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology