मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १६ बाबियोडांडा बस्ने १२वर्षिय मुस्कान भन्ने सुजन थिङको हत्याको आरोपमा एक जनालाई सार्वजनिक गरिएको छ ।
वडा नं. १६ बाबियोडांडानै बस्ने बर्ष ३८ का आईत सिं भोम्जन पक्राउ परेका हुन् ।
२०७९।०९।०९ गते दिउँसो अ.०३ः०० बजे देखि सुजन थिङ घरबाट हराएका थिए ।
घर भन्दा ३०० मिटर पश्चिममा रहेको जरुङगे सामुदायिक वनमा दुबै हात शरीरको पछाडी पट्टी कपडाको सलले बांधी क्यामुनाको रुखमा सेतो र रातो रंगको खादाले बांधी घांटीमा पासो लगाई झुण्डी मृत्यु भएको अबस्थामा फेला परेको हो ।
१२ वर्षीय बालको हात बधिएर झुण्डीएको अवस्थामा शव फेला परेपछि शवको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने बिभिन्न व्यक्तीहरुको भनाई थियो ।
शव फेला परेको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमको नेतृत्वमा प्रहरी चौकी हटिया मकवानपुरबाट प्र.स.नि.पंकज झाको कमाण्डमा प्रहरी टोली मिति २०७९।०९।११ गते उक्त स्थानमा गएका थिए ।
मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीको कमाण्डमा प्रहरी निरिक्षक चुडा कुमारी खड्का प्रहरी टोली तालिम प्राप्त कुकुर सहित घटनास्थलमा गई प्रारम्भिक अनुसन्धान गरी घटनाको सोधपुछका लागी आफन्तै पर्नेहरुदेखि ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले गहन अनुसन्धान अघि बढाएको होे भने शंकाकै आधारमा आईत सिंलाई घरबाट पक्राउ गरी घटनाको बारेमा सोधपुछ गर्ने क्रममा आरोपीले स्वीकार गरेको प्रहरी प्रवक्ता टेक बहादुर कार्की बताए।
प्रहरी प्रवक्ता कार्कीले बताए अनुसार सुजन थिङलाई मैले नै कर्तब्य गरी मारी जरुङ स्थित वनसमितीको भवनको पुर्ब पट्टीको खोल्सामा रहेको क्यामुनाको रुखमा झुण्ड्याएको भनि स्वीकार गरेको हो ।
भोम्जनलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको छ ।























प्रतिक्रिया दिनुहोस्