पत्रकार सम्मेलनमा सहभागी अयोजक समिति

रोशन दिप  – बागमती प्रदेशको राजधानी हेटौडामा खुल्ला एकल लोक गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरको आयोजनामा गायन प्रतियोगिता हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक अध्यक्ष अजित लोप्चनले बैशाख ११ गतेदेखि १३ गतेसम्म हुने प्रतियोगिताबारेमा जानकारी दिएका हुन्  । नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागेको प्रतियोगितामा संगीत क्षेत्रमा रुचि सहभागिता जनाउन पाउनेछन् ।

मकवानपुर जिल्ला भित्रका मानिसहरुको कलालाई प्रस्तुत गर्न, संगीतको महत्वबारे बुझाउन, जिल्लाबाट नयाँ कलाकारको उत्पादन गर्नका लागि प्रतियोगिता गर्न लागेको जानकारी गराउँदै मकवानपुर जिल्लामात्र नभई बाहिरी जिल्लाका प्रतियोगिहरुलाई पनि समेटने जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क १ हजार रुपैयाँ लाग्ने जनाएको छ । प्रतियोगितामा हरेक उमेर समूहको मानिसले सहभागी हुन सक्ने र सबैले सहभागिता जनाउन पाउने हेटौडा १० स्थित हेटौडा दोहोरी हाउसमा प्रतियोगिता हुने बताइएको छ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिताहरुलाई क्रमशः २० हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सान्तवना हुनेलाई पनि पुरस्कृत गरिनेछ ।

प्रतियोगिता सहभागी हुने महिला र पुरुष एक एक जनालाई उत्कृष्ट गायक पनि घोषित गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त हुने जनाएको छ ।