हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन नेपाल बागमती प्रदेशका नवनिर्वाचित भएका अध्यक्ष केशवलाल श्रेष्ठले प्याब्सनको केन्द्रले सबैतिर एउटै निर्देशन दिने हो भने प्रदेशको के काम भनि प्रश्न गर्दा मकवानपुरका सबैले कडा बोल्ने प्रतिउत्तर आएको बताएका  छन्  ।
रिलायन्स आवासीय माबि हेटौंडाका संस्थापक प्राचार्य समेत रहेका श्रेष्ठलाई आईतबार आयोजित एक स्वागत तथा बधाई कार्यक्रमममा यस्तो बताएका हुन् ।
आफ्नो अनुभव अनुसार प्याब्सनको तर्फबाट धेरै कामगर्न बाकी रहेको र आफुलाई गरेको विश्वास अनुसार कामगर्ने प्रतिवद्धता जनाए ।
श्रेष्ठसँगै प्याब्सन बागमती प्रदेशका सचिवालय सदस्य एवम् लेखा समिति संयोजक दिनेश फुयाललाई समेत स्वागत तथा सम्मान गरिएको हो ।
प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदिको सभाध्यक्षतामा सम्पन्न कार्यत्रममा केन्द्रिय अधिवेसनको बारेमा पनि जानकारी गराईएको थियो।
कार्यक्रममा प्याब्सन बागमती प्रदेशका सचिवालय सदस्य एवम् लेखा समिति संयोजक दिनेश फुयाल, केन्द्रिय सदस्य मदन दाहाल, केन्द्रय सह कोषध्यक्ष रेश श्रेष्ठ केन्द्रिय सल्लाहाकार आषिस श्रेष्ठ लगायतले धाराण सुनाएका थिए ।

 

कसले के के भने  ? किन भने ? हेनुहोस् जानकारी सहित ।।