मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका रञ्जन कालाखेतीले शिक्षा,स्वास्थ र कृषिका लागि जोड दिने बताएका छन् ।

गाँउपालिकामा बस्नेहरुको अवस्थाको डाटानै नभएको अवस्था भएको उल्लेख गर्दै प्रत्यक घरको पारिवारिक अवस्था संकलन गर्ने र विगट विगट स्थानमा बस्नेहरुको अवस्था अनुसार छानो र मानोको सहज व्यवस्था गर्नेमा हरपल काम गर्ने बताए ।

मासिक कमाइको स्रोत नभएर समस्या भोग्नेहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने समेत बताएका हुन् ।

 

मनहरी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका रञ्जन कालाखेतीले  के भने त ?
जानकारीका लागि तल भएको भिडियो हेर्नुहोस् ।

 

स्थानिय तहको निर्वाचन २०७९मा मनहरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका कालाखेतीले कालाखेतीले ९ हजार ३सय १६ मत प्राप्त गरेर विजयी भएका हुन् । त्यस्तैगरि गठबन्धनबाट नै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रको सीता पुलामी रेखाले ६ हजार ४सय ७० मत प्राप्त गर्दै विजयी भइन् । कालाखेतीले ९ हजार ३सय १६ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निवर्तमान अध्यक्ष समेत रहेका एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए।

पुलामीले ६ हजार ४सय ७० मत प्राप्त गर्दै विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार सुजिता थिङले ५ हजार ४सय ५४ मत प्राप्त गरिन् ।