स्वरोजगार लघुवित्त वितिय संस्था शाखा कार्यलय सैनामैनाको वित्तीय साक्षरता तथा दोस्रो केन्द्र भेला सम्पन्न गरिएको छ ।

लुम्बिनी प्रदेशको सैनामैना नगरपालिका  रुपन्देही मुर्गिया   लघुवित्त शाखाको आयोजनामा भेला सम्पन्न गरिएको हो ।

शाखा कार्यलय सैनमैनामा कार्यरत चन्द्रदेव खनालले स्वागत गरेका थिए भने शाखाको वित्तीय विवरण सैनमैना शाखा प्रवन्धक भुवन आचार्यले प्रस्तुत गरेका हुन्।

शाखा प्रवन्धक उत्तम अधिकारिले सन्चालन गरेको कार्यक्रममा केन्द्र न. ५७०२१ को केन्द्र प्रमुख अम्बिका गैरेको सभाध्यक्षता लघुवित्त सञ्चालक समितीका सदस्य कृष्ण बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा स्वरोजगारका देश नम्बर ५,६र ७ का प्रदेश प्रमुख मधु सुदन पन्त, अनुगमन प्रमुख राम प्रकाश शाह,शाखा कार्यलय वाणगङ्गाका शाखा प्रमुख राजु चौधरीको विशिष्ठ आतिथ्यता रहेको थियो ।

करिव ३ सय १० जना सदस्य र अभिभावक सदस्यहरु सहितको उपस्तिथि रहेको थियो ।