हेटौंडा उपमहानगरपालिकाका पत्रकार सुरेश श्रेष्ठ सम्मानित भएका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपाल लमजुङ शाखाद्धारा उनलाई सम्मान गरिएको हो ।

हेटौंडाबाट प्रसारण भईरहेको रेडियो निकासका स्टेसन म्यानेजर र प्रकासन भईरहेको समृद्ध समाज दैनिक पत्रिकाका सम्पादक समेत रहेका श्रेष्ठले मकवानपुर कलेजमा पत्रकारिता विषयमा प्रध्यापन समेत गराईरहेका छन् ।
मकवानपुरको हेटौंडामा रहेर संचारक्षेत्रमा सक्रिय रहेर समाजमा भएका वेथितिहरुलाई पत्रकारिताको माध्यमले देखाउदै सयौं व्यक्तीहरुलाई कुसल पत्रकार बनाउने गदै आएका श्रेष्ठको कदर गर्दै स्वतन्त्र पत्रकार संघले सम्मान गरेको हो ।