बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना कुमारी लामा र उपमेयरमा राजेश बानियाँ रहेका छन् ।

२०७४मा निर्वाचित उपमहानगरको उपमेयर लामा नेकपा एकीकृत समाजवादीबाट र नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बनेका हुन ।

यसैविच नजकीदै आइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु लामा र बानिया टोलीनै आफ्नो कार्य योजना सहित घरदैलो अभियानमा दौडिएका छन् ।

आसन्न स्थानीय निर्वाचन मा गठबन्धन लाई अत्यधिक मत दिएर बिजय गराउन भन्दै मतदाताको घर घर गइ उपमहानगरमा बसोबासी र उपमहानगरको समस्या समाधनाका लागि उम्मेदवारी रहेको बताएका हुन् ।

हेटौंडामा गठबन्धनलाई विजय गराउन आग्रह गर्दै प्रतिगमनको हाबीको अन्त्य गरि जनताको हरेक समस्या सभाधान गर्ने प्रतिबद्धताजनएका थिए ।
सोहीक्रममा गठबन्धमा उपमहानगरपालिकालागि पहिलो पटक महिला नेतृत्व पाउने गरि अवसर जुटाएकोमा नगरबासीहरुले खुसी व्यक्त गरेका थिए ।

हेटौंडा उपमहानगरको चुनावी घरदैलो अभियानमा रहेका उम्मेदवारहरुको सर्मथन गर्दै विगतमा उपमेयर भएर काम गरेको अनुभव लिएर मेयरमा उठ्नु भएको मिना लामा जस्तो महिला मेयरमा आए हेटौंडा उपमहानगरमा जनताले चाहे जस्तो हुने भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

यसैगरि हेटौँडा ५ को वडाध्यक्षमा रहेरपनि वडाको बिकाश शान्तिनगरको डुवान रोक्न चालेको कदम र वडाबासीको समस्यामा गरेको भुमिकाले प्रभावित भएकाले उपमहानगरमा बानियाको आवाश्यक रहेको नगरबासीहरुको भनाई छ ।

सोही क्रममा  हेटौंडाको समग्र विकास गर्न  ‘झुट र आश्वासनको पुलिन्दाबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न  हेटौंडामा गठबन्धनलाई विजय गराउन आग्रह गर्दै प्रतिगमनको हाबीको अन्त्य गरि जनताको हरेक समस्या समाधान गर्ने प्रतिबद्धता जनएका थिए ।