हेटौंडा उपमहानगरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसै क्रममा हेटौंडा -८ को वडाध्यक्षमा माओवादी केन्द्र,नेकपा एस,जसपा र राप्रपाको समर्थनमा उम्मेदवार बनेका राम थापा बिजयी भएका छन।
उनले नेकपा एमालेका उम्मेदवार बोल बहादुर कार्कीलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन।
थापाले २,२१३ मत प्राप्त गरे भने कार्कीले १,९६८ मत प्राप्त गरे।
हेटौंडा उपमहानगर भित्र १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५, १६, १७, र १८ नम्बर वडाको नतिजा सार्वजनिक भईसकेको छ।
९, १०, ११, र १२ नम्बर वडाको मत गणना जारी छ।