बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसैक्रममा केहीबेर अघी १८५१५ मत गणना गर्दा गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार मिना लामाले ५८०६ मत प्राप्त गरेकी छन् ।
मत गणना हुँदा नतिजामा लामा अघि लागकी हुन् ।
राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहलाई ५५०६ मत प्राप्त छ।
एमालेका उम्मेदवार अनन्त पौडेलले ४८५९ मत प्राप्त गरेका छन् ।
केहीबेर अघिसम्मको गणनामा लामा पहिलो सिंह दोस्रो र पौडेल तेस्रो स्थानमा छन् । सिंह भन्दा लामा ३ सय मतले अघि लागेकी छन् ।
मत गणना जारी छ ।