आउँदै गरेको स्थानीय तहको चुनाव आगामी ५ चैतभित्र गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ।

स्थानीय तहको निर्वाचन २०७४ वैशाख, असार र असोजमा भएको थियो। तीन चरणमा चुनाव भए पनि सबैको म्याद एउटै मानिने आयोगले जनाएको छ।

त्यसै अनुसार, अहिलेका स्थानीय तहका जनप्रतिनिधिको म्याद ५ जेठ २०७९ सम्म रहेको छ भने निर्वाचनको नतीजा आएर आयोगले घोषणा गरेको मितिबाट पदावधि गणना हुने गर्छ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बिभिन्न स्थानमा चुनावी सरगर्मी पनि बढ्दै गएको छ  । यसैविच राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेको छ भने बिभिन्न व्यक्तीहरु पदको आकांक्षी देखिएका छन् ।

एउटै पार्टीबाटपनि बिभिन्न योजना सुनाउदै आफूनै योग्य भएको भन्दै अघि सरी रहेका छन्।

यसैक्रममा चुनावी समय नजिकिदै गर्दा स्थानीय तहको नयाँ नेतृत्वमा मनहरी गाँउ कमिटि सचिव  संजिव पाठक पनि मनहरी गाँउपालिकाको अध्यक्ष पदको आकांक्षीमा देखिएका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसमा राजनितिमा २०६० सालबाट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष २०६३ मा मकवानपुर धादिङ अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी जिल्ला सचिव रहेर काम गरको र राजनिति क्षेत्रदेखि बिभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक कार्यमा रमाउने बानी परेको उल्लेख गर्दै पाठक अध्यक्ष पदको आकांक्षी देखिएका हुन् ।

कोरियामा करिब ४ वर्ष रहेका पाठकले बैदेशीक रोजगारीमा रहेका युवाहरुसङ्ग सहयोग संकलन गरेर मनहरी गाँउपालिकाको हाँडीखोला स्वास्थ्य चौकीलाइ १ थान भिडियो एक्सरे मेसीन एउटा एम्बुलेन्स उपलध गराउन सफल भएका थिए।

राजनिती क्षेत्रमा काम गरेको अनुभव र शैक्षिक क्षेत्रमा पनि सफल भएको बताउने हाल जिल्ला समन्वय समिती सदस्य समेत रहेका मओबादी केन्द्रमा  गाँउ कमिटिका सचिव   पाठले समृद्द गाँउपालिका बनाउने उद्येश्य सहित उम्मेदवारी रहने बताएका हुन्।

कोरियामा रहदा पनि माओवादी पार्टी कोरियाको केन्द्रीय सद्स्य रहेका पाठकले आफू अध्यक्षयमा विजयी भएमा गाउँ गाँउपालिकामा रहेकाहरुको लागि स्तरिय शिक्षा निःशुल्क स्वास्थ्य उपचार सेवा, घर घरमा बिजुली पुर्याउने खनेपानीको व्यवस्था हरेक वडामा सडक बिस्तारमा जोड रहने बताए।

आफु विजयी भएमा पालिकाबासीको चाहाना र योजना अनुसारै काम गर्ने र ५ वर्षको कार्यकालमा सिमान्तकृत र भुमिहिनको लागि व्यवस्थित बसोबासको व्यवस्था गर्ने,बेरोजगारहरुलाई रोजगारीको चासोमा कामगर्ने र नागरिकहरुलाई निराश हुन कहिल्यै नदिने बताएका हुन् ।

पाठकसंगै माओवादी केन्द्रबाटनै ३ जना आकांक्षी छन् ।
बागमती प्रदेश कमिटि सचिवालय सदस्य बिरबहादुर घलान “ज्वाला” र मनहरी गाँउ कमिटिका अध्यक्ष राम प्रसाद कालाखेती पनि अध्यक्षको आकांक्षीमा रहेका छन् ।