संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अचानकै मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अनुगमन गरेका छन् ।

उक्त अनुगमनमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, अस्पतालमा कार्यरत, सञ्चारकर्मी सहित पुगेर अनुगमन गरेका हुन् ।

विहिबार अस्पतालमा रहेको आकस्मिक कक्ष, ओपीडी कक्ष, देखिभर्ना भएका बिरामीहरुको स्वास्थ्य अवस्था, र अस्पतालको सेवा सुबिधाबारे जानकारी लिदै फार्मेशी लगायतका स्थानको अनुगमन गरेका थिए।

सञ्चारकर्मीहरु सहितको उपस्थितिमा अस्पतालमा सेवा कसरी प्रदान गरिएको छ भन्ने जानकारी लिनका लागी अचानकै अनुगमन गरिएको मन्त्री बस्नेतले बताए ।

सञ्चारकर्मीहरुसंग बोल्दै अस्पतालमा परेको समस्या र आम सर्बसाधरणहरुलाई उपचारमा परेको समस्याका गुनासाहरु अनि अस्पताल प्रशासनले राखेको समस्याहरु समेत समाधान गर्ने स्वास्थ्यमन्त्री बस्नेतले प्रतिवद्धता जनाए ।

यसैविच हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले हेटौंडा अस्पताल रहेको समस्या र व्याबस्थापन पक्ष बाट प्रदान गरिएको सेवा बारे बताए ।
गरिब परिवारका लागि १० प्रतिशत बेढ निशुल्क रुपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि उहाँले निर्देशन दिदै मन्त्रालयतर्फबाट गरिने काम अघि सारिने मन्त्री बस्नेतले बताए ।

सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरुमा धेरै समय बस्ने गरेको अवस्था रहेको गुनासो आउने गरेको मन्त्री बस्नेतले बताए ।

पहुँचका आधारमा कर्मचारीहरु खटाइएको ठाउँमा नजाने, कोही अस्पतालमा बस्ने कतै अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या पनि समाधान गरिने बताएका हुन् ।