• एक महिलाको आफ्नै श्रीमानले हत्या गरेको आरोप छ । फुङ्लिङ नगरपालिका–९ गाइगुडेकी ५४ वर्षीया काञ्चिमाया लिम्बुलाई श्रीमानले कुटपिट गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घरायसी विवादका कारण ५६ वर्षीय श्रीमान बलबहादुर साँवा लिम्बुले श्रीमती काञ्चिमायालाई कुटपिट गरेका हुन् । शुक्रबार साँझ भएको घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो । घरेलु काट्ने औजार खुर्पाको काठको ह्यान्डलमा लागेर लिम्बुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पोस्टमार्टमपछि थप विवरण आउने प्रहरीले जनाएको छ । सानालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । —

रासस