हुम्लाको सिमकोट गाउँपालिका—८का नर सिंहको ५ वर्षअघि मृत्यु भयो । घरमा ज्यालादारी  गरेर परिवार पाल्दै आएका नरको मृत्युपछि घरमा रहेका उनकी पत्नी जसमति सिंह र उनका छोरा धनगिरी सिंहको बिचल्ली भएको छ।

बोलाईमा समस्या भएका जसमतिको घरमा काम गर्ने कोही छैन्। ‘छोरो सानै छ। घरको सबै भाग चुहीने भएर भत्कीन लागेको छ। घर लगाउ भने काम गर्ने कोही छैन्। यो हिँउद कसरी काट्ने चिन्ताले सताउने गरेको छ ।’ जसमतिले भनिन् ।श्रीमानले छोडेर गए । छोरो सानै छ ।‘लगाउने कपडा छैन्। कैको मुख हेरी खाउ । घरमा खाने केही छैन । आखाँ देख्दैन।’ घरमा केही अन्नपात पनि छैन।’ घरको आर्थिक अवस्था नाजुक बनेपछी गाउँमा मागेर खाने गरेकी जसमति साहाराको प्रखाईमा छिन्।

घरको आर्थिक अवस्था कमजोर भएपछि दश वर्षको छोरा स्कुल पनि जादैनन्। आमाको बोलीमा पनि समस्या छ ।वडा नम्बर ८ का वडाध्यक्ष कमलबहादुर बुढाले भने ‘म गाउँका नागरीकको घरको अवस्था बुझ्न गएको थिए ।जसमतिको घरको अवस्था निकै दयानिय देखे ।’आफुले  वडाबाट केही सहयोग गर्न नसक्ने बताए ।  राहतको लागि गाउँपालिकामा खबर गर्नेबताउदै उनले भने वडाबाट केही राहात दिन नसक्ने भएकोले  गाउँपालिकाको बैठकमा कुरा राख्छु ।’

उनलाई अहिले यो चिसो हिँउद कसरी बिताउने भन्ने चिन्ताले सताउने गरेको छ ।‘घरको अवस्था यस्तो छ। छोरालाई कसरी पढउने ।गाउँकाले पनि हेप्छन्। कस्को भरमा बाच्ने हो समस्या छ ।उनिहरुलाई घरमा खाने छाक जुटाउनै  अहिले समस्या भईरहेको छ ।खानलाईअन्न छैन्। लगाउनलाई लुगा छैन। घरको पशु बाँध्ने गोठमा बस्दै आएका उनीहरु कसरी जीविको चलाउने भन्ने ठूलो  चिन्ता र पिरमा छन्।

नागरिक न्युजबाट साभारछ ।