चितवनमा आफ्नै श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। रत्ननगर नगरपालिका १५ स्थित दिग्दर्शन टोलका राजन रेग्मीले ४२ वर्षीय श्रीमती अनिता रेग्मीलाई आज बिहान साढे पाँच बजे चक्कु प्रहार गरेका हुन्।

चक्कु प्रहारबाट अनिताको छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजय राज पण्डितले जानकारी दिए। घाईते अनिताको उपचार  पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको छ।

उनको अवस्था मध्यम रहेको पण्डितले जानकारी दिए। एक आपसमा झै-झगडा हुंदा श्रीमतीलाई चक्कु प्रहार गरेर श्रीमान फरार भएका छन्। उनको खोजीकार्य भएको प्रहरीले जानकारी दिएको छ।

नागरिक न्युजबाट साभार गरिएको छ ।