काठमाडौंबाट जापानका नारिताका लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज आधा घण्टामै काठमाडौं फर्किएर अवतरण गरेको छ।
गएराति ११ बजे नारिताका लागि उडेको जहाजको कार्गो होल यरियामा धुवाँ देखिएकोले जहाज काठमाडौं डाइभर्ट गरेर १८४ जना यात्रुलाई ओरालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उड्ने विमानस्थलले जनाएको छ।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्