Rato Samachar
Sat, 13 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

लेख सेवा : अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै

  • नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । दिवसकै अवसरमा यसपटक पनि नेपालमा ‘अन्तरपुस्ता ऐक्यवद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ । वर्षेनी युवा दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा युवाका समस्या जहाँको त्यहीँ छन् । शिक्षा, स्वास्थ्य र रोजगारी नै युवाका मुख्य समस्या हुन् । रोजगार बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएपनि ती प्रभावकारी कार्यान्वयनका अभावले अलपत्र परेका छन् । मुलुकमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखाँै युवा विदेसिनु परेको छ । कोरोना सङ्क्रमणको कारणले वैदेशिक रोजगारमा जाने घटेपनि अहिले पुनः बढ्न गालेको छ । आव २०७३÷७४ मा छ लाख ४२ हजार वैदेशिक रोजगारमा भएका थिए भने आव २०७७÷७८ मा एक लाख ६६ हजारमा झरेको थियो । यस्तै आव २०७८÷७९ मा त्यो सङ्ख्या बढेर छ लाख २१ हजारमा पुगेको छ । मुलुकमा कुल जनसङ्ख्याका ४०.३ प्रतिशत युवा भए पनि सरकारले पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता समृद्ध राष्ट्र निर्माण लागि सरकारले युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन भएको थियो । यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश युवा परिषद् गठन भएका छन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका समस्या पहिचान भएपनि उजागर हुन नसकेको बताउनुभयो । उहाँले परिषद्ले युवाका सवालमा थुप्रै कानुन र कार्यक्रम ल्याएपनि प्रभावकारी कार्यान्वयनमा समस्या देखिएकाले युवाका खास मुद्दा अझै सम्बोधन नभएको बताउनुभयो । “युवाका संरचना बने पनि ती संरचना प्रयोग गर्ने स्रोत, बजेट र साधनको अभावमा छन्” उहाँले भन्नुभयो, “त्यसैले युवाका मुद्दालाई अपेक्षाकृत रुपमा सम्बोधन गर्न सकिएको छैन ।” उहाँले संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखिए पनि कार्यान्वयन र सहुलितपूर्ण कर्जा प्रभावकारी रुपमा कार्यान्वयन नहुनु जस्ता समस्याले युवाका समस्या जस्ताको तस्तै रहेको बताउनुभयो । बढ्दो वेरोजगारी समस्या र त्यसले युवा जनशक्ति विदेशिसने क्रमलाई रोक्न रोजगार प्राविधिकरण बनाएर युवालाई स्वरोजगार बनाउनुपर्ने उहाँको सुझाव रहेको छ । उहाँले युवा क्षेत्रमा धेरै नीति र संरचना बने पनि युवाको मानसिक क्षमतामा प्रभावकारी रुपमा काम गर्नका लागि राज्यले अझै नसकेको बताउनुभयो । राष्ट्रिय युवा परिषद्का पूर्व कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले युवाका विधि, नीति कानूनमा कुनै समस्या नरहेको र ती कार्यन्वयनमा मात्र समस्या रहेको बताउनुभयो । “युवाका लागि धेरै कानून र संरचना बने तर त्यसलाई कार्यान्वयन गर्नका लागि न सरकार, न कर्मचारीतन्त्रले नै तत्परता देखाए” उहाँले भन्नुभयो, “युवासँग सम्बन्धित बनेका कानुन र संरचनालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने हो भने युवाका समस्या समाधान हुन्छ ।” उहाँले आफ्नो कार्यकालमा वेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र र बिना धितो ऋण उपलब्ध गराउनका लागि सहुलियतपूर्ण कर्जा ल्याएपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको बताउनुभयो । “हामीले ल्याएको सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सरकारले कुनै योजना राखेको छैन । कुनै पनि उद्यम गर्न चाहने युवालाई सहुलियतपूर्ण कर्जाबाट बाहिर रहेका छन्,” उहाँले थप्नुभयो, “स्वदेशमा नै केही गर्ने युवालाई सरकारले सहुलियतपूर्ण कर्जा दिनुपर्दछ । कृषिलाई प्राथमिकतामा राखेर युवालाई ऋण प्रवाह गर्नु पर्दछ । ” राजनीतिक पार्टीहरुले पनि युवालाई केबल भोट बैंकका रुपमा मात्र प्रयोग गरेको नेपाली काँग्रेसका युवा नेता नयनसिँह महर बताउनुहुन्छ । नेतृत्व तहमा युवाको बर्चस्व नभएसम्म युवामैत्री नीति, योजना र कार्यक्रम आउन सक्दैनन् । उहाँ भन्नुहुन्छ, ‘‘विश्वका विभिन्न देशको उदाहरण हेर्ने हो भने पछिल्ला केही वर्ष राज्य सञ्चालनमा युवाको नेतृत्व बढ्दै गएको छ । अब नेपालमा पनि युवाले राजनीतिको नेतृत्व गर्ने र पाका नेताहरुले मार्गनिर्देश एवं संरक्षकत्व ग्रहण गर्ने परिपाटीको खाँचो देखिएको छ ।’’ पार्टीभित्र पनि नियमित अधिवेशन भएमा युवा वर्ग नेतृत्वमा आउन सक्ने उहाँ बताउनुहुन्छ । राष्ट्रिय युवा सङ्घ, नेपालका अध्यक्ष किरण पौडेलले राज्यले वेरोजगार युवालाई स्वरोजगार बनाउने नाममा धेरै कार्यक्रम ल्याए पनि प्रभावकारी कार्यान्वयन नभएकाले युवाका समस्या जहिँका तहिँ रहेको बताउनुभयो । उहाँले युवाका नाममा छुट्टाइएका अनुदान र सहुलितपूर्ण कर्जा वितरणमा पारदर्शी नभएको टिप्पणी गर्नुभयो । “युवाका नीति र कानूनमा समस्या छैन” उहाँले भन्नुभयो, “एउटा युवा आफूलाई स्वरोजगार बनाउनका लागि प्रमाणपत्र र बिना धितोबाट सहुलियतपूर्ण कर्जा लिनका लागि बैंक जान्छ तर युवाले कर्जा पाउँदैन । अनि निरास भएर विदेशतिर भौंतारिन बाध्य हुन्छ ।” उहाँले युवा लक्षित कार्यक्रममा पारदर्शी रुपमा काम नभएकाले आवाज उठाउनुपर्ने बताउनुहुन्छ । उहाँले शिक्षा, स्वास्थ्य र रोजगार संवैधानिक रुपमा राज्यले सुनिश्चित गरेपनि पाउन नसकिएको बताउनुभयो । उहाँले युवालाई सीपसँग जोड्न सकेमात्र युवाका समस्या समाधान हुने बताउनुभयो । “सडक, बाटो निर्माण जस्तै युवाको क्षमताका विकास गर्न जरुरी रहेको छ,” उहाँले भन्नुभयो, “तर सरकारले युवाको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेकाले युवाको क्षमता विकास भएको छैन ।” नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष विकल राई युवाका नीति जुन चित्र देखाएको छ सो अनुसार कार्यान्वयन समस्या रहेको बताउनुहुन्छ । उहाँले युवाका क्षेत्रमा काम भएपनि कार्यान्वयन गर्ने निकाय बलियो नहुँदा युवाका समस्या जस्ताको त्यस्तै भएको बताउनुभयो । उहाँले नेपालमा शिक्षा प्राप्त भएका युवालाई व्यवस्थापन गर्न कठिनाई भएको बताउनुभयो । “पढाई सकेपछि काम गर्ने ठाउँ भेटिदैन । उद्यम गर्नका लागि सरकारले प्रोत्साहन गर्दैन” उहाँले भन्नुभयो, “अनि युवामा रहेको जोश जाँगर हराएर विदेसिन बाध्य भएका छन् ।” कार्यक्रम छरिएर मुद्दा कमजोर युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याएपनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न सकेको छैन । अहिले युवाका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय अभाव हुँदा पनि युवाका कार्यक्रम प्रभावकारी हुन नसकेको छैन । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले युवाका कार्यक्रम छरिएर रहेकाले युवाका क्षेत्रमा काम देखिए पनि परिमाण आउन नसकेको बताउनुभयो । “युवा स्वरोजगार कोष, प्रधानमन्त्री युवा स्वरोजगार जस्ता ठूला कार्यक्रम छरिएर रहेका छन्” उहाँले भन्नुभयो, “छरिएर रहेका कार्यक्रमबाट उपलब्धि हासिल गर्न सकिएको छैन ।” युवाका क्षेत्रमा काम गर्ने सङ्घमा विभिन्न १४ वटा मन्त्रालय र १८ विभाग रहेका छन् । तर ति मन्त्रालय र निकायले युवाका क्षेत्रमा काम गरे पनि प्रतिफल प्राप्त हुन सकेको छैन । “हामीले युवा लक्षित सबै कार्यक्रम एकद्धार प्रणालीअन्तर्गत परिषद्बाट सञ्चालन गर्न सरकारलाई आग्रह ग¥यौँ” उहाँले भन्नुभयो, “तर ती कार्यक्रम एकीकृत गर्न नसकेर प्रभावकारी हुन नसकेका छैनन् । छरिएर रहेका कार्यक्रमम अर्बौ रुपिया खर्च भएपनि युवा क्षेत्रमा काम भने प्रभावकारी भएको छैन ।” आयोनका अध्यक्ष राईले मन्त्रालयबीच समन्वयको अभाव पनि युवाका कार्यक्रम कार्यन्वयन नभएको बताउनुभयो । उहाँले युवाका मुद्दालाई एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्न सके युवाका समस्या समाधान गर्न सकिने बताउनुहुन्छ । सरकारी तबरबाट सङ्घ प्रदेश र स्थानीय तह गरी अर्बौ रुपिया प्रत्येक बर्ष विनियोजन हुने गरेको छ । तर त्यो विनियोजन अनुसार भने काम भने हुन नसकेको छैन । योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)का सहसंयोजक सुवोधराज शेर्पाले युवाको व्यवस्थापनका समस्या रहेको बताउनुभयो । उहाँले युवाले उच्च शिक्षा हासिल गर्ने र वेरोजगार बन्ने समस्या रहेकोले राज्यले युवाले हासिल गरेको शिक्षाअनुसार उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले राज्यले युवाका मुद्दामा खर्च गरे पनि परिमाणमुखी बनाउन नसकेको बताउनुभयो । शेर्पाले नीतिगत निर्माण, राजनीतिक नेतृत्व र रोजगारीमुखी बनाउने जस्ता कार्यक्रममा राज्यको अझै ध्यान पुग्न नसकेको बताउनुभयो । उहाँले बजेटमा ल्याएको उत्पादनमुखी कार्यक्रमलाई कार्यन्वयन गरेर युवालाई स्वदेशमा नै स्वरोजागार बनाउनुपर्ने बताउनुभयो । युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ । दिवसमा विशेष कार्यक्रम दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । परिषद्ले विदेशबाट फर्केका युवासँग उद्यम परिसंवाद, नवउद्यमी युवालाई अभिमुखीकरण, कर्णाली युवा संवाद र सरसफाई तथा भिडियो प्रतियोगिता कार्यक्रम गरेको छ । युवा दिवसको अवसरमा भोलि राष्ट्रिय सभागृहमा आयोजना हुने प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्नु हुनेछ । कार्यक्रम शुरु हुनुभन्दा अगाडि प्रभातफेरिको आयोजना गरिएको छ । (रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology