इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा साँघुरो जित निकालेको छ।
घरेलु मैदानमा इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि १–० गोलको साँघुरो जित निकालेको हो। इन्टरका रोमेलु लुकाकुले गरेको गोल नै निर्णायक बन्यो।
७८औं मिनेटमा ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो। त्यसको फाइदा उठाउँदै लकाकुले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए। उक्त गोल नै टोलीका लागि पर्याप्त भयो।
यस जितले इन्टरको क्वाटरफाइनल पुग्ने सम्भावना बढेको छ। अब १४ मार्चमा पोर्टोमा मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके इन्टर क्वाटरफाइनलमा पुग्नेछ।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्