Rato Samachar
Mon, 15 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

राससको श्रव्यदृश्यले जनताका सुस्केरा बोल्नुपर्छ : भैरव रिसाल

राष्ट्रिय समाचार समिति (रासस) ले यही साउन १ गतेदेखि श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको राससको समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले औपचारिक रुपमै परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरिएकोे हो । समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र श्रव्यसेवा सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँछ । भिडियो सेवाका सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गर्न थालिएको छ । विसं २०१८ मा स्थापना भएको राससले श्रव्यदृश्य सञ्चालनका लागि ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ । राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि छायाङ्कन गरेर टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य सामग्री उपलब्ध गराइने छ । राससको भिडयो सेवासहित समग्र सेवा सञ्चालनबारे राससका पूर्वप्रमुख समाचारदाता भैरब रिसालसँग गरिएको कुराकानी । तपाइँले राससमा २२ वर्ष काम गर्नुभयो ? यहाँको अनुभव कस्तो रह्यो ? –धन्यवाद मलाई सम्झेर आउनु भएकामा । मैले राससमा २०२० साल भदौदेखि जागिर सुरु गरेको हुँ । २०४२ साल वैशाखमा छोडेको हो । जनमत सङ्ग्रहपछि सुधारिएको पञ्चायत आउँछ भनेको झन् बिगारिएको पञ्चायत आयो । त्यसपछि राससको स्वतन्त्रता कम हुँदै गएपछि मेरो लागि रासस साँघुरो लाग्यो र राजीनामा दिएको हो । मेरो पुरानो अफिस, मलाई र मेरो परिावार पाल्ने अफिस रासस हो । बढो दुःख पाएको बेलामा राससमा भर्ना भएको हो । राससमा भर्ना हुने मेरो कथा अर्कै छ । तर मैले राससलाई वा राससले मलाई सहयोग गरेको छ । त्यो समयमा राससलाई भनेजति गर्न सकिएन । राससले मलाई र मेरो परिवारलाई पाल्यो । रासस मेरो आमा हो । मेरो परिवार पाल्न राससले सहयोग गरेको छ । अहिले राससलाई यसरी हेरिँदैन । राससलाई मैले बनाएँ भनिन्छ, तर राससले उस्लाई पनि बनाएको छ । राससलाई हामीलाई तलब दिएको हुन्छ, त्यसले परिवार पालिन्छ । त्यसैले मैले त्यसरी हेरेको हुन्छु । त्यतिबेलोको र अहिलेको राससमा के फरक पाउनुभएको छ ? –अहिले ढाँचाकाँचा बढी भयो । हाम्रो पालामा धेरै दुःख गर्नु पथ्र्यो । एउटा मोटरसाइकल पाइयो भने के के न पाएको जस्तो हुन्थियो । बजेट पेस हुने बेलामा राससलाई जहिले पनि पैसा कम हुन्थ्यो । बजेट प्रस्तुत भएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेको बेला मन्त्रीसँग बाझ्नु पथ्र्यो, हामीलाई पैसा कम भयो थपिदिनु प¥यो भनेर । अनि थपिदिन्थे । हामी समाचारदाता चार÷पाँचजना मात्रै हुन्थियौँ । त्यसमध्ये म प्रमुख समाचारदाता थिए । हामीले राससलाई दुःख गरेर हुर्काको हो । राससले दिने विषयवस्तुमा केही भिन्नता पाउनु भएको छ ? –पहिले साँघुरो थियो । निर्दलको पक्षमा लेख्न र बोल्नु पथ्र्यो । भित्र मनले निर्दल नमान्ने तर लेख्न पढ्न निर्दलको पर्ने थियो । आफैँले कल्पना गर्नु कस्तो असजिलो थियो होला । त्यो परिस्थितिमा काम गरियो । मुख्य कुरा हामीले बैमानी गरेनौँ । एक पटक बजारमा मट्टितेल, चिनी र नून नपाइने अभावको अवस्था थियो । तर मलाई राज्यका मान्छेले अभाव छैन भनेका थिए । मैले पाइँदैन नै भने । हामीले विना स्रोत पाइन्छ भनेर लेख्नुपर्ने र त्यसबारेमा स्रोत उल्लेख नगर्ने रे । राज्यका निकायका प्रमुखसँगै बाझाबाझ गरिन्थ्यो । सजिलोसँग जागिर खाइएन । तर जनतालाई बेइमान गरिएन । ‘मेन्टेन’ गर्न सकेको भनेको त्यही एउटा हो । राससका विषयवस्तुमा अझै सुधार गर्न के गर्नुपर्ला ? –राससलाई अझै विश्वासनीय बनाउन राससले ढाँट्न हुन्न । सबैभन्दा सत्य कुरा दिनुपर्छ । समाचार भनेकै सत्य हो । तपाईँले नढाँटी भएन भने स्रोत उल्लेख गरेर ढाँट्नुपर्छ । फलानोले भनेको हो भनेर । तर हाम्रोमा स्रोत कोट नगरीकन आफ्नो तर्फबाट भन्नुपर्ने । एकपटक जनमत सङ्ग्रह घोषणा भएको बेलामा स्याङ्जामा विपी कोइराला जाँदा गोली चल्यो र एकजना मान्छे म¥यो । त्यसबेला राज्यले राससलाई मान्छे मरेको छैन भन है भनेर भन्यो । अनि मँ बाझे मान्छे मरेको छ, कसरी मरेको छैन भन्ने । मान्छे मरेको हो भने ढाँट्न हुँदैन । आखिर हामीले समाचार दियौँ, हामीले जित्यौँ । राससले नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र श्रव्यसेवा सेवासँगै श्रव्यदृश्य पनि सुरु गरेको छ । तपाइँको विचारमा राससको भिडियोमा कस्ता–कस्ता विषयवस्तु समावेश गर्नुपर्ला ? – राससको भिडयोमा सबैको समाचार दिनुपर्छ । रासस सरकारको मात्रै पनि हुँदैन । रासस आवाज नहुनेको आवाज पनि हुनुपर्छ । पत्रकार भनेको सरकारको मान्छे होइन, जनताको मान्छे हो । तलब सरकारको खाए पनि काम जनताको गर्नुपर्छ । जनतालाई जागरुक गराउनुपर्छ । पत्रकारितामार्फत जनतालाई राष्ट्र निर्माणमा जुट्न उत्प्रेरित गर्नुपर्छ । जनतालाई ठग्नु हुँदैन । ढाँट्नु हुँदैन । सरकारको रासस छ तर जनताको रासस छैन कि जस्तो लाग्छ । दृश्यश्रव्यलाई जनताको पनि बनाउनुप¥यो । त्यसको मतलब सरकारको विरोध गर्ने भनेको होइन । सरकारको काम जस्ताको तस्तै दिने । नढाँटीकन दियो भने धेरै कुरा हुन्छ । श्रव्यदृश्यमा जनताका अइया, आथु, सुस्केरा, सुसेलीका समाचार दिनुप¥यो । सेवा गर्नुपर्ने राज्य होइन, जनता हो । जनताको सेवा गरियो भने राज्यको सेवा त्यतैबाट हुन्छ । अन्त्यका यहाँलाई राससलाई केही भन्नु छ ? –तपाइँपछि पनि रासस रहन्छ । अहिलेको हाकिमपछि पनि रासस रहन्छ । यो कुरा हेक्का राखियो भने धेरै कुरा समाधान हुन्छ । त्यसैले अहिलेको खाँचो मात्रै टार्ने होइन, दीर्घकालीन, स्थायी र भविष्यसम्म कसरी गराउनेभन्दा राससले सत्य कुरा, आवाज नभएको मान्छेको आवाज बोल्नुपर्छ । बोली नभएको मान्छेको बोली बोलिदिने, र मूल कुरो नढाँट्ने । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology