बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको र आफुहरुले नै जनताको कामगर्ने दावी गरिरहेका छन्।
नजकीदै आइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् ।
उम्मेदवार जनताको मन जित्नेगरिनै काम गर्ने बताइरहेका छन्।
यसैक्रममा पार्टीमा आवद्धमा रहेर काम गरेका व्यक्तीहरु उम्मेदवारको टिकट नपाएपछि पार्टीले गरेको गतिबिधि चित्त नबुझेको भन्दै पार्टी त्यागेर अन्य पार्टी प्रवेश गर्ने लहरपनि चलेको छ ।
तीन दशक लामो राननिति गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र भएका मकवानपुरका नेता मधु अधिकारी पनि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
विगतमा मकवानपुरमा कोसेली साप्ताहिक र मकवानपुर सन्देश पत्रिका पनि सम्पादन तथा प्रकाशन गरि पत्रकारिता समेत गरेका अधिकारी खेलक्षेत्रमा पनि सन १९८० मै सिंगापुरबाट ब्लाक बेल्ट लिएका थिए । पाँचवटा राष्ट्रिय खेलमा सहभागी भएर पार्टीको मुखपत्र हलो मासिकको सम्पादक भएर काम गरेका अधिकारीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले आइतबार पार्टीमा स्वागत गरेका हुन् ।
पोखरा पुगेका अधिकारीलाई ‘पार्टीमा स्वागत गर्दै विभेदविरुद्ध भएकाले एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको र कसैलाई काखापाखा र अन्याय नगरी उचित र सम्मानित भूमिका दिइने अध्यक्ष नेपालले उल्लेख गरे ।
पार्टी प्रवेश गरेका अधिकारीले अब समाजवादी यात्रामा सक्रिय रहने रराप्रपामा रहेको अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेकाले दिलोज्यान दिनेहरु भने अवसरबाट विमुख हुने क्रम बढेको आरोप लगाए ।
राप्रपा मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य समेत रहेका अधिकारीले विज्ञप्ती जारी परित्याग गरेको जानकारी दिएका थिए ।
भावी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो नरहने र गलत प्रवृत्तिसङ्ग भने सम्झौता नगर्ने सोचले पार्टी त्यागेको बताएका अधिकारी २०२२ सालमा हेटौँडामै जन्मिएका अधिकारीले २०४७ सालमा बहुदल स्थापनापछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला समितिको संस्थापक हुन् ।
उनले हेटौँडा नगर अध्यक्ष, जिल्ला सचिव, उपसभापति, सभापति, बागमती प्रदेश उपाध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्यको भूमिकामा कार्य गरेको र वडाध्यक्ष हुँदै हेटौँडाको मेयर पनि भइसकेका छन् ।
यस्तै राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारी पनि राप्रपा परित्याग गरी नेकपा एसमा प्रवेश गर्नु गरेका हुन् ।














प्रतिक्रिया दिनुहोस्