लालरत्न मिडिया प्रा.लि. द्वारा सञ्चालित रातो समाचार डट कमको कानुनी सललाहाकारमा अधिवक्ता अप्सर बस्नेतलाई मनोनीत गरिएको छ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको साझा हौँ, भन्ने अभियानमा रहेर समाजमा भएका गतिविधिलाई निश्पक्ष खबर प्रकासन र दृश्य समेत देखाउदै आईरहेको रातो समाचारका लागि अधिवक्ता बस्नेतलाई मनोनीत गरिएको हो ।
नेपाल मानव अधिकार संगठन, मकवानपुर निवर्तमान अध्यक्ष तथा बागमती प्रदेश संयोजक समेत रहेको अधिवक्ता बस्नेतले पत्रकारिताको धर्म, कर्तव्य र आचार सहिंतामा रहेर काम गर्नका लागि गर्नका लागि कानुनी निर्देशन मार्फत भरपुर सहयोग रहने बताईन ।

…………………………..

श्री अधिवक्ता अप्सरा बस्नेत ज्यु मिति: २०७९–०२–२५
हेटौंडा, मकवानपुर
विषयः कानुनी सल्लाहाकार नियुक्ती सम्बन्धमा
महोदय, उपरोक्त सम्बन्ध, बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा.लि. द्वारा सञ्चालित डिजटल अनलाईन पत्रिका www.ratosamachar.com रातो समाचार डट कममा तँपाईँ श्री अधिवक्ता अप्सर बस्नेत ज्युलाई कानुनी सल्लाहकारमा नियुक्ती गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।
प्रविधिको समयमा प्रविधिको प्रयोग मार्फत नै पत्रकारिताको माध्यमबाट समाजमा भएका गतिविधिलाई न्युज पोर्टल बाट सत्य र निश्पक्ष खबर प्रकासन र यसै अनलाइनको आधिकारीक युट्युब च्यानल रातो समाचारले दृश्य समेत देखाउदै आईरहेको छ । हामी कसैको व्यक्तीगत होइनौ सबैको साझा हौँ, भन्ने अभियानमा पत्रकारिताको धर्म, कर्तव्य र आचार सहिंतामा रहेर काम गर्नका लागि कानुनी सहयोगले सार्थक परिणाम सहित उच्च स्थानमा पुर्याउन यहाँको अहम् भूमिकाको अपेक्षा सहित यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
धन्यवाद ।














प्रतिक्रिया दिनुहोस्