Rato Samachar
Thu, 27 August, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार : नेप्से परिसूचकमा उछाल

मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । सो नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो । शेयर धितो कर्जाबापत रु १२ करोडसम्म ऋण लिन पाउनेलगायत प्रबन्ध गरिएपछि त्यसको प्रभाव शेयर बजारमा परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.०५ अङ्कले ओरालो लागेर दुई हजार ७८.५१ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.०९ अङ्कले उकालो लागेर ३९८.३३ मा पुगेको छ । कूल २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता शेयर रु दुई अर्ब ७३ करोड नौ लाख २७ हजार २९७ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २२.८८, व्यापार ८८.०१, होटल तथा पर्यटन ७४.२, विकास बैंक १७७.३२, जलविद्युत् ८४.५, वित्त ११७.९९, उत्पादन १००.३९, अन्य १०३.८२, लघुवित्त १७५.१७, जीवन बीमा २०७.७७, सामूहिक लगानी कोष ०.१७ र लगानी २.१ अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६७ अर्ब ९८ करोड ६८ लाख ४७ हजार ५८१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३९ करोड ७१ लाख ३१ हजार बराबरको कारोबार भयो । नेपाल पुर्नबीमा कम्पनी रु छ करोड ८२ लाख ९३ हजार ९४७, हिमालयन डिस्टिलरी रु छ करोड ५९ लाख ९१ हजार ८९५, एनआइसी एशिया बैंक रु छ करोड २१ लाख ८१ हजार ४५० र अरुण काबेली पावर रु छ करोड १४ लाख १३ हजार ९३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् । नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र मल्टीप्रपोज फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै स्वाभिमान लघुवित्त ९.६८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६५ प्रतिशतले कमाएका छन् । यसैगरी एनएमबी बैंकको ऋणपत्र १.५२, ग्लोबल आइएमइ बैंकको ऋणपत्र १.०६, एनआइसी एशिया ग्रोथ स्कीम ०.७२, मेगा म्युचुअल फण्ड एक ०.६२ र ग्लोबल आइएमई बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

सीता देवी स्मृति फुटबल प्रतियोगिता, घरेलुटोली सिक्किम पुलिसँग पराजित हुँदै हेटौंडा फुटबल एकेडेमी पहिलो खेलबाटै बाहिरियो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

यशको दोहोरो भूमिकामा “टक्सीक” बुधबार देखि प्रदर्शन निर्देशक गीतु मोहनदास चर्चामा

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

नेपाली फिलम “पार्वती” भदौ १२ देखि प्रर्दशनमा

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology