कर्णाली मार्ग सडकखण्ड अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका – ५ को धनडामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चालक दैलेख जिल्ला चामुण्डा बिन्द्रासैन नगरपालिका-७ का २८ बर्षीय छवि प्रसाद चौलागाई रहेको प्रहरी कार्यालय कालिकोटले बताएको छ। उनका अनुसार चौलागाईको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सह-चालक सोही ठाउँका १८ बर्षीय दिनेश शाही गम्भीर घाइते भएका छन्।

मुगुदेखि नेपालगञ्जका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ख ०३५६को मिनिट्रक बिहिबार बिहान करिब १ बजे सडकदेखि करिब ५०० मिटर तल खसेको प्रहरी कार्यालय कालिकोटका सूचना अधिकृत सुबराज बमले जानकारी दिए।

ट्रकमा ग्यास सिलिन्डरको सामान मात्र रहेको सुचना अधिकृत बमले बताए।

नागरिक न्युजबाट साभारछ ।