हेटौंडा । मिजार समाज मकवानपुर जिल्ला अधिवेशनको तयारी गरेको छ । शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलन मार्फत मिजार समाज मकवानपुरले अधिवेशनको तयारीको बारेमा जानकारी गराएको छ । “देशभरिका मिजार जाति एक हो, प्रगति र सृजनाका लागि दृढ हौं” भन्ने मूल नाराका साथ मिजार समाज नेपाल मकवानपुरले जिल्ला अधिवेशनको तायारीलाई अगाडी बढाएको समितिका संयोजक बलराम मंग्रातीले बताए । अधिवेशन आगामी भदौ २१ गते हुने बलराम मंग्रातीले बताए ।
अधिवेशनका लागि बलराम मिजारको संयोजकत्वमा तथा सुरेश मिजारको सह–संयोजकत्वमा १५ सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन गरिएको उनले बताए ।उनका अनुसार मिजार समुदायका मानिसहरु दलित जातिमा पर्ने बताए । पछिल्लो समयको जनगणना अनुसार देशभर ४ लाख ५२ हजार २सय२९ मिजार समुदाय रहेको नेपालमा मिजार समुदाय जनसंख्याको करिब १.५ प्रतिशत छन् । जातिय एकता, पारस्परिक भाईचाराको सम्बन्ध सुदृढ गर्ने, संस्कार, संस्कृतिको संरक्षण गर्ने, रीतिरिवाज, बंशावली जस्ता मौलिक पक्षलाई उजागर गर्ने उद्देश्यले मिजार समाज गठन गर्न लागेको उनले बताए ।





















प्रतिक्रिया दिनुहोस्