मकवानपुरको मनहरी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने भन्दै प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने जनाएको छ।
गाँउपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको पालकिाले जनाएको हो ।

विद्यालयले विभिन्न १५ वटा बुँदामा स्वमूल्यांकन गरी पठाएको विवरणका आधारमा गाउँपालिकाले प्रोत्साहन रकम वितरण गर्ने अध्यक्ष रञ्जनकालाखेतीले बताएका छन् ।

विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्राथमिकतामा राखेर १५ वटा बुँदा तयार पारेको र स्वमूल्यांकन प्रतिशतका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइने’बताएका हुन्।
अध्यक्ष कालाखेतीले बताए अनुसारविद्यालय सुधार योजना निर्माण गर्नुपर्ने, प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण र सामाजिक परीक्षण गर्नुपर्ने, सबै शिक्षकसँग शिक्षण सुधार करार गर्नुपर्ने, विद्यार्थी शिक्षक विवरण इएमआइएसमा भर्नुपर्ने, विद्यालयको समग्र नतिजा विश्लेषण गर्नुपर्ने लगायतका कार्यका आधारमा कार्यसम्पादन अंक प्राप्त हुने छ।
त्यस्तै प्रधानाध्यापकको उपस्थिति, शिक्षक विद्यार्थीको आचारसंहिता तयार र विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कार्यसम्पादन अंक प्राप्त गर्ने छन् ।
सामाजिक विकास समिति संयोजक अनन्त प्रकाश अर्यालले जानकारी दिए अनुसार गाउँपालिकाले तयार पारेको कार्यसम्पादन मुल्यांकन अनुसार ० देखि ४० प्रतिशत अंक प्राप्त गर्ने छन् ।