मकवानपुरको मनहरी गाँउपालिकाका स्थानिय कृषकहरुका लागि  दूध बिक्री वितरण बापत यस वर्षदेखि प्रतिलिटर ३ रुपयाँ अनुदान दिन स्ररु गरेको छ ।

पालिकाले जनाए अनुसार विगतमा प्रति लिटर १ रुपयाँ देखि सुरु भएको उक्त अनुदान यस वर्ष प्रतिलिटर ३ रुपयाँ पुगेको हो ।

प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षमा बिक्री वितरण गरिएको दूधको अनुदान रकम चालु आर्थिक वर्षमा वितरण गर्दै आएको हो भने दुग्ध उत्पादक कृषक तथा दुग्ध संकलक कृषी सहकारी संस्थालाई अनुदानबापत एक हजार २९३ कृषकहरुले १८ लाख ६८ हजार ३७२ लिटर बिक्री गरेको दूधमा अनुदान वितरण गरीएको हो ।

गाउँपालिकाले दिएको जानकारी अनुसार प्रति लिटर ३ रुपयाँको दरले कुल ५६ लाख ५ हजार ११९ रुपयाँ अनुदान वितरण गरेको हो ।

गाउँपालिकाले दूधमा अनुदान वितरण गरेको कार्यक्रमले सामान्य दुग्ध उत्पादक कृषकहरुलाई त हौसला मिलेको अध्यक्ष रञ्जन कालाखेतीले बताए ।