मकवापुरगढी गाउँपालिकाले वडा स्तरबाट नै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण कार्य सुरु गरको छ ।

गाउँपालिका अन्तरगर्त – ८ वटै वडाहरु मध्य ८ न.वडामा आज पहिलो चरणको वडा स्तरबाट भत्ता वितरणको काम सुरु गरिएको छ ।
मकवानपुरगढी – ८ बुढिचौरमा बिहिबार वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मार्फत जम्मा ६७ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखाले जनएको हो ।

हेटौडा उपमहानगरमा जोडिएको नजिकको पालिका भएता पनि गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर्गत वडा नम्बर –८ र वडा नम्बर – १ लाई बिषेश प्राथिमकतामा राखेर बैङं मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।

अन्य वडाका लाभग्राहीहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट वितरण गर्ने र त्रमिक रुपमा यो बर्ष भित्र सबै वडाका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गरिने भएको छ ।

गाउँपालिका केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध– वृद्धा तथा अशक्त नागरिकलाई समस्या परेकाले वडा स्तरबाट सेवा दिने कामको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।