तस्विर गुगल

मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ बागमती ८ स्थित साततलेमा बागमती प्रदेश ०३-००२ प ३२६५ नम्बरको पल्सर मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना हुँदा चालक सोही स्थान बस्ने ४२ वर्षका अमर पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।

डिएसपी भण्डारीले बताए अनुसार मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिदा पाख्रिन गम्भिर घाईते भएका थिए।
घाइते भएका पाख्रिनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो ।
घटनाको आवश्यक अनुसन्धान भइरहेको बताए।