बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले भारतबिरुद्धको खेलमा शानदार जित निकालेको छ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार सम्पन्न आफ्नो तेस्रो खेलमा भारतलाई ३–१ गोलको अन्तरले पराजित गरेको हो।
राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन्। बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भुटान दुई खेलमा अंक विहीन रहदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्