रोशन दिप – बाराको कलैया उपमहानगरपालिकाका एक प्रिन्सिपल रुपेश सराफको गोली लागेर ज्यान गएको छ ।

गोली लागेर ज्यान गुमाएका सराफ वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो अज्ञात समूहले ३५ वर्षका सराफ माथि प्रहार गरेको दुई राउन्ड गोली उनको घाँटी र टाउकोमा लागेको थियो। गोली लागेको थाहा पाउन साथ उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्जको बयोदा सिटी अस्पतालमा लगिएको थियो । अस्पताल लगिएको केहीबेरमै उनको ज्यान गयो ।