मकवानपुरको पूर्वी भेगमा पर्ने बागमती गाउँपालिका स्थित लामिटारमा कारिब १ महिना अघिदेखि भेटिएको तामे टाउके सिँगारे  ( Copper Headed Trinket Snake )  एक सर्पको विषयलाई लिएर भाइरल भइरहेको छ ।

गाउँपालिका स्थित लामिटारमा भेटिएको तामे टाउके सिँगारे सर्पलाई सेती नागको नाममा भ्रममा परिरहेका छन् । सानो मन्दिर समेत रहेको स्थानमा माता भनिने संजिता सिंतानले सर्पलाई खेलाउने घुमाउने गर्छिन् भने चारैतिर डोरी टाँगेर दर्शन गर्ने क्षेत्र समेत तोकिएको छ ।

मन्दिर भित्र शिव लिंग र त्यसको वरीपरी सर्प घुम्ने गरेको अचम्मको नाग आएको भन्दै स्थानीयहरु आउने र पैसा चढाउने दुध खुवाउने पनि गरेका छन् । कैयौं स्थानमा सफेरा बनेर होस या पुजारी बनेर र कहिले माता त कहिले पिता बनेर बिभिन्न तर्क दिने सर्पलाइ आफ्नो बासस्थानमा जानै नदिने जस्ता कार्य गरेर मानवले नै सर्पको अधिकार खोसिरहेका छन् ।

सो स्थानमा नागदेवता प्रकट भएको दाबी गर्दै बिभिन्न तर्क दिने र स्थानियहरु देखि संजिताको आफ्न्तहरुले समेत नगदेवताको भएको भन्दै सर्पलाई कव्जामा लिएर भ्रमको खेती भइरहकोे हो ।

यसै सर्पको विषयमा सर्प अनुसंधान कर्तार उद्दारकर्ता चितवन जिल्लाको भरतपुर महानगरका सुनिल सापकोटा, सर्प उद्दारकर्ता यमलाल भण्डारी र जितपुर बाराका दिपक नेपालले पनि सो स्थानमा भएको सर्पको नाम  ( Copper Headed Trinket Snake )  भएको र विषालु नभएको बताएका हुन् । तातो र चिसो मध्य बिन्दु भएकाले  निस्किएको र  सर्पले लामो समय सम्म आहार नपाएको अत्याधिक मानिसहरुको विचमा भएकाले गन्तव्य तर्फपनि बढ्न नसकेको बताएका छन् ।

माता भन्दै अबिषालु सर्प कव्जा गरेर घाँटीमा बेर्ने जान नदिने, खेलाउने गरेको दृष्य अनुसार देखा सिखि गरेर अन्यले बिषलु सर्प लिन सक्ने र सोको परिणामको कल्पना गर्न समेत नसकिने सर्प विशेषज्ञ बताउछन् । सोही सर्पको भिडियो भाइरल भएपछि उद्धारकर्ताहरुले पनि सर्प नराख्न आग्रह समेत गरेका छन् ।

यसै क्रममा सर्प उद्धारका लागि डिभिजन बन कार्यालय हेटौंडाका प्रमुख राकेश प्रसाद चन्द्रबंशी सहित सर्प उद्धारकर्ता दिपक नेपाल र ईलाका प्रहरी फपरवारी प्रहरी टोली पनि सोमबार बागमती पुगेका थिए ।

सर्प उद्धारमा गएका डिभिजन वन कार्यालय मकवानपुर हेटौडा, प्रहरी र दिपक नेपालले अन्ध विश्वासमा नपर्न गरेको अनुरोध  नमानेर माता भनिने महिला र स्थानियहरुले अस्वीकार गर्दै नाग भएको दावीले गर्दा  फर्किए हुन् भने उद्धार विफल भएको हो ।

एउटा सर्पको लागि युद्धनै हुने अवस्था देखिएकाले भैगौ प्रहरी प्रशासनको बल किन प्रयोग गर्नु । अन्धविश्वास र भ्रमले ग्रसित बनाएको समाज रहेछ भनेर फक्रिएको र  सर्प आफ्नै ढङले चल्न नपाएको र लामो समय जिवित नरहने नेपालले बताएका छन्।

बागमतीका स्थमनियहरु भने भ्रमको खेतीमा मख्ख पर्दै सर्प विशेषज्ञहरुको कुरा समेत मान्न चाहेका छैनन् र सर्पलाई नाग देवता भन्दै उद्धाका निम्ति पनि तयार छैनन् । मानिस र मानिसको जिवनमा सर्पको निकै महत्व भएकाले संरक्षण गर्न दिएको देवता नामलाई दुरुपयोग गरेर भ्रम छरेको भन्दा फरक नपर्ने रहेको देखिन्छ ।

बिभिन्न स्थानमा धार्मिक तर्क जोडेर नाग नगिनको नाम दिने बिभिन्न क्रियाकलाप गर्ने कमाइको धन्दा समेत गरिरहेका भेटिने गरेकै छन् भने बागमतीमा पनि नाग देवता भएको दावी गरेर भेटी भन्दै चढाएको पैसा हेर्दा त्यस्तै हो भन्ने अनुमान गर्न सकिन्छ ।

सर्प बिशेषज्ञहरु भन्छन् “सर्पले मानिसहरुलाई देख्यो सर्पले केहीपनि गर्दैन तर, यदि मानवले सर्पलाई भने सर्प मरेको हुनुपर्ने भएरहेको अवस्था पनि छ । कुनैपनि सर्पले कसैलाई खोजेर टोक्ने गर्दैन । आफूलाई खतरा महसुस भएमा मात्र आक्रमणको प्रयास गर्ने टोक्ने हो ।”

सर्प बिशेषज्ञको भनाई अनुसारै सामान्यतया सर्प भन्ने बित्तिकै र देखेपछि मानिसहरु तर्सित हुने गर्छन् । तर देखिने र भेटिने सबै सर्प विषालु नहुने र यसको जानकारी र चेतना सबैमा नरहेको अवस्थाले भ्रमको खेतीले बढावा पाएको हो ।
सर्प विशेषज्ञका अनुसार विश्वभर कारिब ३ हजार ५ सयभन्दा बढी प्रजातिका सर्प पाइन्छ । जसमध्ये ६ सय प्रजातिका सर्प मात्र विषालु हुन्छन् ।नेपालमा विशेषज्ञहरुकै खोजमा भेटिएको र जनाए अनुसार झन्डै ७९ देखि ८२ प्रजातिका सर्प पाइन्छन् भन्ने देखिएको छ । जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वका हिसाबले करिब १८ प्रजातिका विषालु सर्प पत्ता लागेको छ । नेपालमा तराईदेखि हिमालसम्म सर्प पाइन्छन् ।
नेपालमा पनि विशेष गरि तराइ भेगमा अत्याधिक सर्पहरु भेटिने गरेको छ भने जति उचाइमा गयो सर्पहरुको संख्या घट्ने गरेको छ ।
सर्प विशेषज्ञका अनुसारै खतरनाक भन्दा खतरनाक सर्पले टोक्नसाथ विषको मात्रा शरीरमा पठाउन सके मृत्यु हुन्छ भने १०र १२ प्रतिशत विषालु भए पनि टोक्नासाथ मृत्यु हुँदैन । उपचार पद्धती गलत भएमा या समयमा उपचार नपाएर मृत्यु हुन्छ ।

 

 

 

राजेश गरिब
थप जानकारी