प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन्।

समसमायिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेबारे छलफल गर्न ओली बालुवाटार पुगेको बताइएको छ।

एमाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिनुपर्ने पक्षमा छ। प्रधानमन्त्री भने गृह तत्काल रास्वपालाई नदिने अडान लिइरहेका छन्। रास्वपाले आज सम्मको अल्टिमेटम दिएको छ।

नागरिक न्युजबाट साभार