त्रिचन्द्र कलेजको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले बिरोध प्रदर्शन गरेका छन्।

मंगलबार कलेज अगाडि विद्यार्थीले क्याम्पसको पुनर्निर्माणको माग गर्दै सडकमै पढेर बिरोध जनाएका हुन्। क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन्।

कलेजमा अध्ययनरत विद्यार्थी भवन कुनबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन्। भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरुले बताए। अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ।

उनीहरुले राज्य सत्तामा पुगेपछि आफैँले पढेको घर बिर्सिने परिपाटी रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा कुनै चासो नदिएको बताए। उनीहरुले नजिकै रहेको धरहरा र रानीपोखरी बन्दा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद् रहेको बताए। प्रदर्शनका क्रममा बोल्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी गोविन्द कोईरालाले २०७२ सालको भूकम्पपछि रातो स्टिकर लगाएर राखिएको भवन निर्माणको काम अहिलेसम्म सुरु नहुँदा कक्षा कोठाको अभाव भएको र विद्यार्थीहरुले उठेर पढ्नुपर्ने बाध्यता रहेको बताए।

त्यस्तै क्याम्पसका पाले जीवन लामाले आर्थिक अवस्था सम्पन्न नभएका विद्यार्थीपनि अध्ययन गर्ने शैक्षिक संस्था नबन्नु दुःखको कुरा भएको बताए। उनले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पनि सोही विद्यालयमा अध्ययन गर्नुभएको तर अहिले चासो नदिएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्रिचन्द्र क्याम्पसकै उत्पादन भएको भन्दै प्रधानमन्त्रीले विद्यालय बनाउन चासो नदिन दुःखको कुरा भएको बताए। उनले सरोकारवाला निकायहरु मिलेर विद्यालय पुनर्निर्माण गर्न तत्काल पहलकदमी लिनुपर्ने आवश्यक्ता रहेको बताए।

पाले लामाले आफूले क्याम्पसमा काम गरेको २० वर्ष भइसकेको भन्दै आजसम्म कुनै सरकारी निकायले अनुगमन नगरेको बताए। उनले विद्यार्थी उठेर र शिक्षकले माइकबाट अध्यापन गराउनुपर्ने बाध्यता रहेकोले पदासीन सरकारी कर्मचारी र सरकार पक्षले विद्यालय बनाउन लाग्नुपर्नेमा जोड दिए।

नागरिक न्युजबाट साभार छ ।