बागमती प्रदेशको राजधानी हेटौँडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौंडा ५ पिप्ले क्याम्पा रंगशालामा एक समारोहबीच उद्घाटन गरेका हुन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड बाजा सहित बिभिन्न प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न जातजातीको समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेका थिए ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जिवनराम श्रेष्ठ, प्रदेश सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका प्रमुख तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

आईतबारबाट खेलहरु शुरु हुनेछ र मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुनेछ भने फुटबल र ब्याडमिन्टन एथलेटिक्स प्रतियोगिता बक्सिङ प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा एक हजार २सय भन्दाबढी पुरुष र ९सय भन्दाबढी महिला खेलाडीको सहभागिता रहने प्रतियोगिता आयोजनाका लागि करिबआठ करोड ४ लाख खर्च हुने अनुमान गरिएको जनाइएको छ ।

फाल्गुन २८, शनिबार २०:५१ बजे