मानिसहरूले आ–आफ्नै प्रकारले ख्रीस्टमस मनाउँछन् । हिजोआज ख्रीस्टमसको नाममा विकृतिहरू पनि आएको छ । किनकी मानिसले ख्रीष्टमसको वास्तविक अर्थ नबुझिकनै ख्रीष्टमस मनाई रहेका छन् । ख्रीस्टमसको अर्थ बुझेर ख्रीस्टमस मनाउने हो भने प्रत्येक मानिसको जीवनमा साँचो शान्ति र मुक्ति प्राप्त हुनेछ र जिउनुको उद्देश्य पनि थाहा हुनेछ ।

यो सानो पर्चाले ख्रीस्टमस के हो, किन र कसरी ख्रीस्टमस मनाउँदा ख्रीस्टमसको वास्तविकता बुझ्न सकिन्छ आदि कुराहरुलाई बुझाउने जमर्को गरेको छु । यदि तपाईले ख्रीस्टमसको वास्तविकतालाई बुझ्न सक्नुभयो भने निश्चय नै तपाईले खोज्नु भएको साँचो शान्ति प्राप्त गर्नुहुनेछ र पापबाट मुक्त भएर धार्मिकताको मार्गमा हिंड्ने व्यक्ति बन्नु हुनेछ । येशू ख्रीस्ट (जिजस क्राइष्ट) को जन्म दिनको सम्झनामा सारा संसारमा ख्रीस्टमस पर्वका रुपमा मनाइन्छ ।

इ.सं. ३३६ मा ख्रीस्टमस नामाङ्कन गरी पहिलो पल्ट ख्रीस्टमस रोममा मनाइएको थियो । येशूको जन्म प्यालिस्टाइन देशको बेतलहममा भएको थियो, उहाँको जन्म सामान्य मानिसको जस्तो नभएर भिन्दै प्रकारले भएको थियो । उहाँ जन्मनुभन्दा धेरै वर्षअघि नै उहाँको जन्मको विषयमा भविष्यवाणी भएको थियो ।

येशूको जन्म हुनुभन्दा करिब ७ सय वर्षअघि (बी.सी.) यशैया अगमवक्ताले येशूको जन्मको विषयमा यसरी भविष्यवाणी गरेका थिए । ‘यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इमानुएल राखिनेछ । यशैया अगमवक्ताले येशूको विषयमा गरेको भविष्यवाणी अनुसार नै ७ सय वर्षपछि कन्ये केटी मरियमको कोखबाट येशूको जन्म भएको थियो ।

प्राकृतिक नियमबमोजिम कुनै पनि स्त्रीले आफ्नो कोखमा गर्भधारण गर्न पुरुषसंग सहवास हुनु आवश्यक छ । तर, यहूदी स्त्री मरियमले कुनै पनि पुरुषसँग सहवास नगरिकनै आफ्नो कोखमा संसारको मुक्तिदाता येशु ख्रीस्टलाई गर्भधारण गरेकी थिइन । यो मानवीय दृष्टिमा अचम्म र विश्वासै गर्न गाह्रो जस्तो देखिन्छ ।

तर, यो सत्यतालाई बाइबलमा प्रष्टसँग बताइएको छ । परमेश्वरको निम्ति कुनै पनि काम असम्भव हुँदैन । येशूको जन्मको विषयमा बाइबलमा यसरी लेखिएको छ । येशू ख्रीष्टको जन्म यस प्रकारको भयो, उहा“की आमा मरियमको मगनी योसेफसंग भएको थियो, तर उनीहरुको विवाह हुन अधि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । तर, तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे । तर, जब उनले यी कुरा विचार गर्दै थिए सपनामा परमप्रभुका दूत देखापरेर उनलाई यसो भने, योसेफ दाऊदका छोरा तिम्र्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ ।

तिनले एउटा पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ किनभने उहाँले आफ्ना मानिसलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ । अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: हेर एउटा कन्याले गर्भधारण गर्नेछे र त्यसले एउटा पुत्र जन्माउने छे र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो, परमेश्वर हामीहरूसंग । योसेफ निद्राबाट ब्यूँझे र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रुपमा स्वीकार गरे ।

मरियमले पुत्र नजन्माउजेल योसेफले तिनीसंग सहवास गरेनन् । योसेफले उहाँको नाउँ येशू राखे (मती १ः१८–२५)। मरियमले आफ्नो विवाह हुनुपूर्व नै गर्भधारण हुने कुरालाई विश्वास र स्वीकार गर्न गाह्रो थियो । तर, मरियमले परमेश्वरको इच्छा पूरा हुनलाई आफ्नो जीवन समर्पण गरिन । यो कसरी हुन सक्छ भन्ने कुरालाई मरियमले जान्न चाहन्थिन् । मरियमको प्रश्नको जवाफमा स्वर्गदूतले दिएको उत्तर बाइबलको लूकाको पुस्तकमा यसरी लेखिएको छ ।

स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, ‘पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छायाँ तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनु हुनेछ । हेर, तिमी नातेदार एलीशिबाले पनि तिनको बुद्धावस्थामा छोरो गर्मधारण गरेकी छिन र जो बाँकी कहलाइएकी थिइन, तिनी अहिले छैटौं महिनामा छिन । किनकी परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन ।

अनि मरियमले भनिन, हेर्नुहोस म परमप्रगती दासी मलाई तपाईको वचन अनुसार होस् ।’ तब स्वर्गदूत तिनीबाट बिदा भए । (लूका १ः३५–३८) मरियमले स्वर्गदूतले भनेको कुरालाई स्वीकार गरेपछि पवित्र आत्माद्वारा उनी गर्भवती भइन ।

उनको कोखद्वरा संसारको मुक्तिदाता येशू ख्रीस्ट मानिस बनेर पृथ्वीमा जन्मनुभयो । येशूको जन्मभएको दिन स्वर्गदूतले त्यस इलाकामा भएका भेडा गोठालाहरूलाई येशू ख्रीस्टको जन्मको सन्देश दिएका थिए र परमेश्वरको बढाई गर्दै गीत गाएका थिए । येशूको जन्म भएको दिनमा स्वर्गदूतहरूले मानिस जातिलाई दिएको सन्देश र गीत यस्तो थियो ।

तब स्वर्गदूतले तिनीहरुलाई भने, ‘नडराओ, किनभने हेर म तिमीहरुलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरुका निम्ति हुनेछ । आज दाऊदको शहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीस्ट प्रभु हुनुहुन्छ । तिमीहरूलाई चिन्हचाहिं यो हुन्छ, तिमीहरुले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुताई राखेको भेटाउने छौ । तब एक्कासी ती स्वर्गदूतसंग स्वर्गीय सेनाको एउटा दल देखाप¥यो । परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, ‘सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनु हुन्छ, तिनीहरूलाई शान्ति १ जब स्वर्गदूतहरू तिनीहरुबाट बिदा भएर स्वर्गमा गए तब गोठालाहरुले आपसमा भने, जाऔ हामी बेथलेहमसम्म जाऔं र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौ ।

तिनीहरु आतुरीसंग गए र मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिं डँडमा सुतिरहेको भेट्टाए । जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरुलाई भनिएको थियो, त्यो तिनीहरूले बताइदिए । गोठालाहरुले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए । तर, मरियमले यी सब कुरा सुन्दै मनैमा राखिन । जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फकें । (लूका २ः१०–२०)

येशू मानिस बनेर जन्मनुको कारणः

परमेश्वर किन मानिस बनेर पृथ्वीमा आउनु पर्यो, त्यसको एउटै कारण थियो मानिस जातिले पाप गरेको कारण सृष्टिकर्ता परमेश्वरबाट अलग भयो र पुनःमिलाप गराउन येशू मानिस बनेर आउनुप¥यो । यदि मानिसले आफ्नो बिचार कमिलालाई बुझाउने हो भने मानिस कमिला नै बन्नु पर्दछ । तब मात्र मानिसले आफ्नो बिचार भावना, प्रेम कमिलालाई बुझाउन सक्दछ । त्यसरी नै परमेश्वरको प्रेम बुझाउन येशू मानिस बनेर पृथ्वीमा आउनुभयो ।

पवित्र जीवन बिताउनुभयो र पापी मानिसको पाप पखाल्न क्रुसमा पवित्र रगत बगाउनुभयो । बाइबल धर्मशास्त्रको सुरुको पुस्तकको नाम उत्पति हो । यो पुस्तकले मानिसको सृष्टि कसरी, किन भएको थियो र त्यो उद्देश्यबाट मानिस कसरी पतन भयो भन्ने विषयमा स्पष्टसँग लेखिएको छ ।

सृष्टिको सुरुका मानिसको नाम आदम र हवा हो । हिब्रु भाषामा आदमको अर्थ मानिस हुन्छ । आदमले सम्पूर्ण मानव समुदायलाई प्रतिनिधित्व गर्दछ । परमेश्वरले आदम र हवालाई श्रीमान र श्रीमतीको रुपमा सृष्टि गर्नुभयो र फल्दैफुल्दै बृद्धि हुँदै पृथ्वीमा भरिदै जानलाई आशीर्वाद पनि दिनुभयो । परमेश्वरले मानिसलाई बनाउनुको एउटा कारणचाही आफूसँग रहन र संगति गर्नलाई थियो । तर, आदम र हब्वाले परमेश्वरको आज्ञा उलंघन गरेका कारण पापको सुरुवात भयो । पापले गर्दा मानिस परमेश्वरबाट अलग भयो ।

पापले मानिसलाई विनाशको मार्ग अर्थात नरकुण्डमा पुयाउने भयो । मानिसले पापबाट बाँच्न अनेक उपायहरु रच्यो । पापबाट मुक्ति पाउन मानिसले धर्म–कर्म, दान–पुण्य, आदि गर्न थाल्यो । तर, बाइबल धर्मशास्त्रमा लेखिएको छ ‘हाम्रा सबै धार्मिक काम फोहर झुत्रा झै छन् । (यशैया ६४ः६) हुन पनि मानिसले समाजमा देखाउनका लागि धर्मकर्मका कामहरु गर्छन, तर मनमा अरुको विरुद्धमा डाहा इश्र्या, कुविचार खराब योजनाहरू रचिराखेका हुन्छन् भन्ने कुरा । तर, पशुपंक्षीको रगतले मानिसको पाप धुन सकिंदैन । बाइबलमा यसरी लेखिएको छ । किनकी साँढे र बोकाहरुको रगतले पाप हरण गर्न असम्भव छ (हिब्रू १०ः४) संसारका सबै मानिसले पाप गरेका छन, पाप कटनीको निम्ति धर्म कर्म गरेर हुँदैन । पापबाट क्षमा पाउन रगतको आवश्यकता छ । तर पशुपंक्षीको रगतले मानिसको पाप धुन सकिंदैन ।

मानिसको पाप पखाल्न…..

 

मानिसको पाप पखाल्न मानिसकै पवित्र रगत चाहिन्छ । किनकी रगतमा जीवन दिने शक्ति हुन्छ । यदि तपाईलाई रगतको कमी भएर रोग लाग्यो भने तपाईंको रगत समूह मिल्ने अर्को स्वस्थ मानिसको रगत दिनु पर्दछ । मानिसलाई जीवन दिने काम मानिसकै रगतद्वारा मात्र सम्भव हुन्छ । पशुको रगत दिएर हुँदैन ।

त्यसरी नै पापी मानिसलाई पापबाट बचाउन मानिसकै पवित्र रगत चाहिन्छ । संसारका सबै मानिस पापी छन, किनकी मानिसका सुरुका माता पिता आदम र हब्वाले पाप गरेको कारण सबै मानव जातिमा पाप क्यान्सर रोग जस्तै सर्दै आएको छ । त्यही कारण परमेश्वर पवित्र आत्माको कार्यद्वारा मरियमको कोखबाट मानिस बनेर जन्मनु आवश्यक पर्यो ।

किनकी रगत बगाउन आत्मामा भएर हुँदैन । आत्मा त अदृष्य हुन्छ र आत्मामा भएर रगत बगाउन सकिंदैन । रगत बगाउन आत्मामा भएर हुँदैन । आत्मा त अदृष्य हुन्छ र आत्मामा भएर रगत बगाउन सकिंदैन । रगत बगाउन शरीरको आवश्यकता पर्दछ । येशू ख्रीष्ट मानिसको चोला धारण गरेर पृथ्वीमा जन्मनुभयो । मानिस जस्तै बन्नु भयो । उहाँले ईश्वरको राज्यका शिक्षा दिनुभयो । उहाँले कुनै पाप गर्नुभएन । तर, त्यो समयको रोमी शासक र यहूदी पूजारीहरूले उहाँको शिक्षालाई रुचाएनन् । उनीहरुले येशूलाई क्रुसमा मार्ने निर्णय गरे । येशू क्रुसमा बली हुनुभयो । उहाँको सम्पूर्ण शरीरबाट रगत बग्यो । यी सबै हुनु आवश्यक नै थियो ।

सबैकुरा परमेश्वरको योजनाअनुसार नै घटेको थियो । उहाँको मृत्युपछि यहूदी चलनअनुसार दुका खोपेर बनाएको चिहानमा येशूको लासलाई राखिएको थियो तर उहाँ ईश्वरपुत्र हुनुभएको कारण मृत्यु भएको तेस्रो दिनमा मृत्युबाट जीवित हुनुभयो । आफ्ना चेलाहरू र मानिसहरुको माझमा उहाँले फेरि स्वर्गको शिक्षा दिनुभयो । मृत्युबाट जीवित भएको ४० दिनपछि येशू स्वर्गमा उचालिनुभयो ।

अब जतिले उहाँमाथि विश्वास गर्छन् र हृदयमा ग्रहण गर्छन, तिनीहरू परमेश्वरका सन्तान हुनेछन् । बाइबल धर्मशास्त्रले बताउँछ, ‘तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरुलाई परमेश्वरका सन्तान हुने अधिकार दिनु भयो (यूहन्ना १ः१२) परमेश्वरको सन्तान भएकाहरु मात्र मृत्युपछि परमेश्वरको राज्य स्वर्गमा प्रवेश पाउँनेछन् । येशू २१ औं शताब्दीअघि यस पृथ्वीमा मानिस बनेर जन्मनुभयो । आज उहाँ तपाईको हृदयमा आउन चाहनुहुन्छ । आज तपाईले आफ्नो हृदयको ढोका येशू ख्रीष्टको निम्ति खोल्नुभयो भने तपाईंको निम्ति आजको दिन साँचो ख्रीस्टमस बन्न सक्नुहुन्छ । ख्रीस्ट बिनाको ख्रीस्टमसको कुनै अर्थ रहँदैन ।

मानिलिनु होस तपाईंले कुनै बालकको जन्मदिन भव्यसाथ मनाइराख्नु भएको छ तर जुन बालकको जन्मदिन मनाई राखेको हो त्यो बालक घरको ढोका बाहिर कठ्याङग्रीदो जाडोमा रुंदै घरको ढोका ढक्ढकाउँदै भित्र आउन चाहिराखेको छ । तर, घरभित्र हुनेहरू खाँदै–पिउँदै रमाउँदै त्यो बालकको बेवास्ता गर्दै जन्मदिन मनाउँ छन् भने त्यो जन्मदिनको के अर्थ रहन्छ र ?

विश्वमा कति मानिस यसरी नै ख्रीष्टमस मनाउँ छन् । होटल, रेष्टुराहरू, शहर बजार, झिलिमिलि पार्दछन् । खाने, पिउने रमाइलो गर्ने गर्दछन् । तर, मुक्तिदाता येशू खीष्टलाई हृदयको ढोका बाहिरनै राखेका हुन्छन् । यसरी मनाइएको खीष्टमसको कुनै अर्थ रहँदैन । येशूलाई आफ्नो हृदयको ढोका खोलेकाहरूको निम्ति मात्र ख्रीष्टमसको साँचो अर्थ हुन्छ ।
उहाँ आज प्रत्येक मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ । येशूलाई आफ्नो हृदयमा बोलाउनेहरुले पाप, क्षमा मुक्ति र शान्ति प्राप्त गर्न सक्छन् । येशू ख्रीष्टद्वारा मात्र मानिस परमेश्वरको घर स्वर्गमा जान सक्दछन् । यदि तपाईले यो पर्चामा बताएको सत्यतालाई बुझेर येशू खीष्टलाई आफ्नो हृदयमा बोलाउन चाहनुहुन्छ भने तल लेखिएको प्रार्थना स्वर खोलेर पढनुहोस् र हृदयमा विश्वास गर्नुहोस् ।

प्रार्थनाः
प्रभु येशू म एक पापी हुं ।
मैले अज्ञानतामा तपाईको विरुद्धमा जे जति पापहरु गरें ती सबै पापहरुको आज म पश्चाताप गर्दछु । तपाई मेरो हृदयमा आउनुहोस र मेरो जीवनको प्रभु र मालिक भएर सधै बास गर्नुहोस् । धन्यवाद येशू मेरा सबै पापहरु क्षमा गर्नु भएको लागि र मलाई परमेश्वरको सन्तान बनाउनुभएको लागि । आजदेखि मलाई तपाईको बाटोमा हिंडनलाई सहायता गर्नुहोस् । बिन्ती चढाउंछु प्रभु येशू खीष्टको नाउंमा आमेन ।

यदि तपाईले माथि लेखिएको प्रार्थना गर्नुभयो भने, येशू तपाईंको हृदयमा मुक्तिदाता र प्रभु बनेर आउनु हुनेछ । आजदेखि तपाई मानिसको सन्तान मात्र होइन, पमेश्वरको सन्तान पनि बन्नुभएको छ । अब तपाई येशूमा विश्वास गरेर प–रमेश्वरको सन्तान बनेका मानिस भेला हुने चर्चमा जानुहोस् । परमेश्वरको विषयमा चर्चमा तपाईले धेरै कुराहरू सिक्न सक्नु हुनेछ ।

मानिसको सन्तान भएका कारण तपाई पृथ्वीमा हुनुहुन्छ । तर, आमा बुबाबाट पाएको चोला समाप्त भएपछि येशूलाई ग्रहण गरेर परमेश्वरको सन्तान पनि हुनुभएको कारण मृत्युपछि तपाई स्वर्गमा हुनु हुनेछ । तपाईले यसमा विश्वास गरेर परमेश्वरको सन्तान हुनुभएकोमा बधाई साथै ख्रीष्टमसको हार्दिक शुभकामना पनि ब्यक्त गर्दछु ।

 

Amit Sharma