विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक बर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आइतबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

यस्तै जुम्लाको तातोपानी गाउँपालिकामा भने ७३औं प्रजातान्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ। गाउँपालिका-५ मा पर्ने बाइसथाप्ला सामुदायिक वनको डुठेचौरको शस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गणको नवनिर्मित भवनको परिसरमा वृक्षारोपण गरिएको हो। १ सय ७० बिरुवा रोपिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले बताए। १ सय स्याउ,१० दातेँ ओखर,२० धुपी,२०,देवदार र २० सलाका विरुवा रोपिएको उनले बताए। स्याउको बिरुवा स्याउ सुपरजोनले सहयोग गरेको थियो भने अन्य सबै बिरुवा डिभिजन वन कार्यालय जुम्लाले सहयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

वृक्षारोपणमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्याउको बिरुवा रोपेर उद्वघाटन गरेका थिए। वृक्षारोपण गरेर मात्र नहुने भन्दै दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए। उनले घेराबन्दी,सिचाइँ र रेखदेखको उचित व्यवस्थापन गर्न अनुरोध गरे।

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत,हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही,पातारासीकाका अध्यक्ष पूर्णसिंह बोहोरा, तातोपानीकाका अध्यक्ष  नन्दप्रसाद चौलागाई र विषयगत कार्यालयका प्रमुखहरुले वृक्षारोपण गरेका थिए। उक्त वृक्षारोपण कार्यक्रममा गणपति रविन थापा,डिएसपी प्रल्हाद कार्की एसपी चेतराज जोशी प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी डिभिजन वन कार्यालयका प्रमुख दिनेशजङ्ग खत्री, भु-जलाधारका प्रमुख हिमालय साउद,स्याउ सुपरजोक कार्यालय जुम्लाका प्रमुख खेमराज शाही र उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटा र नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीको सहभागीता रहेको थियो।

नागरिक न्युजबाट साभार छ ।