रोशन दिप – दौड अभियानमा रहेका बुद्धशान्ति गाउँपालिका झापाका मुख्य धावक जीवनाथ अधिकारी सहित विकल भट्टराई, अनुप पौड्याल र रमेश अधिकारीलाई बुधबार  स्वागत गरिएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित झापाको जेसिज सँगको समन्वयमा सुरु भएको सचेतना दौड अभियानका टोलीलाई २०८०/१२/१४ गते बुधबार नगर खेलकुद विकास समिति हेटौडाले स्वागत गरेको हो ।

२०८०/१२/०७ गते बुधबार धावक जीवनाथ अधिकारी र सहयोगी टोलीको विहान ०८ः१० मा मेची पुलबाट सुरू भएको मेची महाकाली सचेतना अभियान मिति २०८०/१२/१७ गते शनिवार ११औॅ दिनमा विहानको १०ः५५ मा पुर्व पश्चिम राजमार्गको मध्यविन्दु (पुर्व-५१२, पश्चिम-५१२ कि.मि.) पुगेको जानकारी गराइएको छ ।

जसका लागी धावक जीवनाथ अधिकारीले विभिन्न तरिकाले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै
यात्रालाई पूर्णता दिन सहयोगको अपेक्षा समेत गरेका छन् ।