आइसिसी विश्वकप लिग २ क्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत पपुवा न्युगिनी पिएनजीविरुद्ध यूएईले चौथो विकेट हात पार्न सफल भएको छ । यूएईले चौथोविकेट ३३ ओभर १बलमा हात पार्न सफल भएको हो । पिएनजीको चौथो विकेट झर्दा जम्मा ११६ मात्र रहेको छ । यूएईका लागि चौथो विकेट हजरालले लिएका हुन । यो संगै हजरालको खातामा ३ विकेट भएको छ । एक विकेट मुस्ताफाले लिएका हुन । तेश्रो विकेट मुस्ताफाले १९ ओभरमा लिएका हुन । पिएनजीको तेश्रो विकेट झर्दा जम्मा ६३ मात्र रहेको थियो ।
ताजास्थीतीमा पिएनजीले ३५ ओभरमा ४ विकेट गुमाएर१२५ रन बनाएर खेलिरहेको छ।पहिलो विकेट ५ दमलब १ ओभरमा हात पारेको यूएईले दोश्रोविकेट पावर प्ले सकिनु १ बल अगाडी नै हात पारेको हो । दोश्रो विकेट पिएनजीले सिसी बाओलाई व्यक्तिगत ९ तथा टोलीको २२ रन हुँदा गुमाउन पुगेको हो । यूएईका लागि दोश्रो विकेट पनि हजरालले लिएका हुन ।यस अघि पहिलो विकेट ५ दशमलब १ ओभरमा हिरी हिरीलाई व्यक्तिगत ४ रनमा गुमाउन पुगेको छ । पिएनजीको पहिलो विकेट यूएइका हजरालले लिएका हुन ।पिएनजीले पहिलो विकेट गुमाउँदा जम्मा १० रन मात्र जोडेको छ । यो खेलमा पिएनजीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।श्रृखलाको अन्तिम खेल खेल्न लागेको पिएनजीले र यूएईले सिधै एकदिवसीय मान्यता गुमाई सकेको हुनाले आजको खेल दुवै टोलीलाई प्रतिष्ठाको लडाईं मात्रै हुनेछ ।
युएई लिग–२ मा छैटौं र पपुवा न्युगिनी पुछारमा अन्त्य गर्नेछन् ।युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पिएनजी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंकका साथ पुछारमा छ । पिएनजीले जितेको पाँच मध्य चार खेल युएईविरुद्ध छन् ।नेपाल भने ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ सिधै ओडिआई मान्यता पाएको छ । बिहीबार युएईलाई हराए सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएमा वा कुनै कारण अंक बाँड्नु परेमा भने नेपाले क्वालिफायर खेल्नुपर्ने हुन्छ
नागरिक न्युबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्