नेपाल टी ट्वान्टी क्रिकेट लिगमा  आज दुई खेलहरू हुँदैछन् ।कीर्तिपुर क्रिकेट मैदानमा हुने यो प्रतियोगिताको पहिलो खेल पोखरा एभेन्जर्स र काठमाडौं नाईट्सबीच भईरहेको छ । खेल बिहान ९ बजेबाट सुरु भएको हो।

काठमाडौ अंक तालिकामा तेस्रो तथा पोखरा चौथौँ स्थानमा रहेका छन ।आजको खेल दुवैका लागि महत्त्वपूर्ण रहने छ । ५ खेलमा ३ जित र २ हारसंगै काठमाडौँले ६ अंक पाएको छ । त्यसैगरी ७ खेलबाट २ खेल मात्र जितेको पोखराले  चार अंक बटुलेको छ । जारी  प्रतियोगितामा काठमाडौ र पोखरा बिचको यो दोश्रो खेल  हो । पहिलो भेटमा काठमाडौंले पोखरालाई २६ रनले हराएको थियो ।

आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्स बिच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।छ खेलमा चार जित दुई हार सहित जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । पाँच खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।यही संस्करणको पहिलो भेटमा फार वेस्ट जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।

नागरिक न्युजबाट साभारछ ।