नक्कली भूटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस शुरु हुँदैछ। मंगलवार सरकारी वकिलको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु हुने भएको हो।

अभियुक्त पक्षका वकीलहरुले बहसका लागि ६ दिनको समय पाउनेछन्। उक्त बहसका लागि पूर्व महान्यायाधिवक्तादेखी नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्ष, पूर्व अध्यक्षहरूले नाम टिपाएका छन्। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, खम्मबहादुर खाती, रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी लगायतले प्रतिवादीतर्फबाट बहस गर्नेछन्।

जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ।

नागरिक न्युजबाट साभार गरिएको छ ।