धादिङको गजुरी स्थित चालिसेमा सवारी दुर्घट हुँदा ८ जनाको मृत्यु भएको छ।

बुधाबार बिहान करिब ११: १० बजे ( म्याग्दी कोरला यातायात प्रा.ली ) काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई त्रिशुली नदिमा खस्दा दुर्घटना भएको हो।

बस अनियन्त्रित भई त्रिशुली नदिमा खसेको हो।
सडक बाट ३०/४० मिटर तल खस्दा २ महिला ,६ पुरुष गरि गरि ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक मध्य ३ जनाको नाम थर खुलेको ५ जनाको खुल्न बाँकी रहेको छ भने उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका पहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी अन्य सुरक्षा निकायका सदस्यहरू र स्थानीय नागरिकहरूको सहयोगमा १७ जनाको जीवित उद्धार गरिएको छ ।

प्रहरीका जानकारी अनुसार सवारी साधनमा २५ जना सवार रहेको, जीवित उद्धार गरिएका १७ मध्य १४ जनालाई थप उपचारको लागि काठमाडौं तर्फ ल्याइएको छ।

१ जना उपचार पश्चात् डिस्चार्ज, १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको र १ जना सकुसल रहेका छ