नेकपा माओवादी केन्द्रले हाल देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओबादीको भएकोले अबको निर्वाचनमा माओबादीले बहुमत ल्याउने तर्फ कस्सिएको छ ।

देशको समग्र बिकासको लागि माओबादीको नेतृत्व आवश्यक रहेको नेकपा माओवादी केन्द्रको पोलिटबियुरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले उल्लेख गरेकी छन् ।

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित सोमबारको बैठकलाई सम्बोधन गर्दै मोक्तानले मंसिर ४ मा हुने प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई बिजयी गराउन एकजुट भएर लाग्न समग्र माओबादी लाग्नुपर्ने बताइन् ।

बैठकमा अर्का केन्द्रीय सदस्य सन्तोष बिष्टले आगामी निर्वाचनमा केन्द्रित हुन र पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।

बैठकले नगरकमिटि पदाधिकारीको समेत चयन गरेको छ । जस अन्तरगत उपाध्यक्षहरुमा सुमन कार्की, प्रमोद गोपाली, नवराज बिष्ट, सचिबमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा मंगल बहादुर मोक्तान चयन भएका छन् ।

त्यस्तै बैठकले नगरकमिटि सदस्यमा १३ जना मनोनित समेत गरेको छ ।

पस अन्तरगर्त मंगलाल गोपाली, राधिका रायमाझी, शिब कुमार खत्री, मोहन कृष्ण गोपाली, इमान सिं थिङ, रुप चन्द्र सापकोटा, अञ्जली बलामी, नरेश घलान, सानोभाई खड्का, राज कुमार के.सी., रुपचन्द्र गोपाली, निरन्जन गोले, मदन गोपालीलाई मनोनित गरिएको छ ।

थाहा नगर कमिटि अध्यक्ष बिनोद कुमार लामाको सभाध्यक्षता भएको बिस्तारित बैठकमा नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी, बिशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटि सदस्य लबशेर बिष्ट, इन्द्र बहादुर श्रेष्ठ, ज्योति रायमाझी, बिर बहादुर घलान, जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

बैठकले नगर कमिटि लामाले पेश गर्नुभएको राजनैतिक आर्थिक प्रतिबेदन अनुमोदन गर्नुका साथै आगामी भाद्र १२ गते थाहा नगरको १२ वटै वडाको बैठक गर्ने निर्णय गरेको नगरकमिटि सचिब लक्ष्मण बिष्टलेबताए ।